2 years ago
February 15, 2024
सुमन अधिकारी, बुटवल
त्रिभुवन आर्मी क्लबले नवौं मणिमुकुन्द कप राष्ट्रियस्तर भलिबल प्रतियोगिताको उपाधि जितेको छ । रुपन्देहीको तिलोत्तमामा बिहीबार भएको फाइनलमा गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै आर्मीले उपाधि जितेको हो ।
एकपक्षिय फाइनलमा आर्मीले गण्डकी २५–२१, २५–१८ र २५–२१ ले हराउँदै उपाधि जितेको थियो । दुई महिनाअघि बाग्लुङमा बुकी कप जितेयता आर्मीको यो पहिलो उपाधि हो । त्यसयता आर्मी सुर्खेतमा भएको ३४ औं राष्ट्रिय प्रतियोगिता, पोखरामा भएको टाइगर कप र महेन्द्रनगरमा भएको मुख्यमन्त्री कपको फाइनल पनि पुग्न असफल भएको थियो ।

एपिएफ तेस्रो
नेपाल एपिएफ मणिमुकुन्द कपमा तेस्रो भएको थियो । अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै तेस्रो स्थान हासिल गरेको हो । एपिएफले २५–२०,२५–२० र २५–१७ को सहज जित निकालेको थियो। सेमिफाइनलमा बुधबार गण्डकीले पुलिसलाई ३–२ ले र आर्मीले एपिएफलाई ३–० हराउँदै फाइनल भेट पक्का गरेका थिए ।
मणिमुकुन्द भलिबल क्लब, रुपन्देहीको आयोजना नेपाल भलिबल संघको संयोजनमा प्रदेश खेलकुद परिषद, लुम्बिनीले मुख्य प्रायोजन गरेको प्रतियोगितामा ७ प्रदेश र ३ विभागि गरि १० टोलीको सहभागिता थियो । प्रतियोगिताको विजेताले २ लाख , दोस्रोले र १ लाख ५०, तेस्रोले १ लाख र चौथो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]