2 years ago
February 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)- थाइल्याण्डको
रेयोङमा हुने आईसिएफ युवा तालिम शिविर तथा प्रतियोगितामा नेपाली टोलीले भाग लिने भएकाे छ।
नेपाल र्याफ्टिङ एण्ड क्यानोइङ संघले फागुन २४ देखि चैत १० गतेसम्म हुने प्रशिक्षणमा खेलाडी मञ्जिल गुरुङ र प्रशिक्षक विष्णु गुरुङ गराएको छ। उनीहरू शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन्।
प्रशिक्षण अन्तर्राष्ट्रिय क्यानोइङ महासंघ र ओलम्पिक सोलिडारिटी अन्तर्गत रहेको बताइएको छ। प्रशिक्षणपछि १३ औं एसियाली क्यानोइङ स्लालोम च्याम्पियन्समा मञ्जिलमा भाग लिनेछन्।
नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष तेज गुरुङ र महासचिव नीलेन्द्रराज श्रेष्ठले उनीहरुको विदाइ गरेका थिए ।
अध्यक्ष श्रेष्ठले सहभागीहरुलाई शुभकामना दिँदै ठूला चरणमा राम्रो प्रदर्शन गर्नका लागि तालिमको महत्व रहने बताए ।
उनले नेपालमा क्यानोइङको विकासका लागि गरेको प्रयासका लागि र्याफ्टिङ एण्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठ र उनको टोलीको पनि प्रशंसा गरे ।
कार्यक्रममा महासचिव सुदीपराज गौतम, उपाध्यक्ष सूर्यप्रसाद जोशी र कोषाध्यक्ष महेश थापाको उपस्थिति थियो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]