default_image

2 years ago

February 24, 2024

गोर्खालीलाई रग्बी लिग उपाधि

1220 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गोर्खाली रग्बी राष्ट्रिय फिफ्टिन्स रग्बी लिग च्याम्पियनसिपको उपाधि जितेको छ । दशरथ रंगशालामा त्रिभुवन आर्मी क्लबलाई शनिबार ६६–७ को स्कोरमा हराउँदै गोर्खालीले उपाधि जितेको हो ।

अपराजित रहँदै च्याम्पियन बनेको गोर्खालीले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई ५४–३ ले र दोस्रो खेलमा एपीएफलाई ४९–२० को स्कोरमा पराजित गरेको थियो ।

गोर्खाली रग्बी ९ अंक सहित च्याम्पियन बनेको हो । गोर्खाली रग्बीले रनिङ ट्रफी सहित १ लाख रुपैयाँ प्राप्त गरेको छ । नेपाल एपिएफ क्लब दोस्रो बन्यो । लिग चरणको आफ्नो अन्तिम खेलमा पुलिस क्लबलाई ७७–६ को स्कोरमा हराउँदै एपिएफ दोस्रो बनेको हो । एपिएफले ७ अंक जोड्यो । एपीएफले ५० हजार रुपैयाँ प्राप्त गर्यो ।

आर्मीले ५ अंकसहित तेस्रो र पुलिस ३ अंकसाथ चौथो स्थानमा रह्यो । एपिएफका प्रमेश चौधरी उत्कृष्ट खेलाडी चुनिएर उनले ५ हजार रुपैयाँ प्राप्त गरे । च्यम्पियनसिपको प्रदर्शनका आधारमा राष्ट्रिय टोलीमा खेलाडी छनोट गरिने आयोजक नेपाल रग्बी संघले जनाएको छ ।

लिगलाई आगामी वर्षमा थप बिस्तार गर्दै लैजाने योजना रहेको संघका अध्यक्ष दीपक देवकोटाले बताए । विजेतालाई युवा तथा खेलकुद पूर्व मन्त्री हितबहादुर तामाङ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, सदस्य सम्राटकुमार कुसारी, नेपाल रग्बी संघका अध्यक्ष देवकोटालगायतले पुरस्कृत गरे ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.