2 years ago
February 25, 2024
सुमन अधिकारी,बुटवल
फिटनेस हबका स्यामुयल गुरुङले दोस्रो मिस्टर उजिरसिंह बडिबिल्डिङ प्रतियोगिताको उपाधि जितेका छन् । प्रदेशस्तरिय वुमन फिजिक्सको उपाधि बुटवलकी रविना कुँवरले जितेकी छन् ।
रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा बुटवलमा भएको प्रतियोगितामा ओभरअल क्याटगरीमा अन्य प्रतिस्प्रर्धीलाई पछि पार्दै स्यामुयलले उपाधि जितेका हुन् । उपाधिसंगै उनले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
यसैगरि प्रतियोगिता अन्तरगत जिल्लास्तरीय मेन्स फिजिक्सको उपाधि अखिल भण्डारीले जितेका छन् । रविन दाहाल दोस्रो तथा अरुण शाही तेस्रो भएका छन् । अखिलले ५ , रविन ३ र अरुणले २ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
यसैगरि प्रदेशस्तरीय वुमन्स फिजिक्सको उपाधि जितेकी बुटवल फिटनेश एण्ड जिम हाउसकी रविनाले १० हजार रुपैयाँ र ट्रफीबाट पुरस्कृत भईन । दोस्रो भएकी रोयल फिटनेस दाङकी नम कुमारी थापा ८ हजार र भालुभैरव जिमकी जुनु पुन तेस्रो हुँदै ५ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा ५५, ६०, ६५, ७० र ७० भन्दा केजि भन्दा बढी तौल समूह गरि पाँच तौल समुहमा प्रतिस्पर्धा भएको थियो ।

विजेता प्रतियोगिहरुलाई बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्याल, प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराई, नेपाल शारिरिक सुगठन तथा फिटनेस महासंघका केन्द्रीय उपाध्यक्ष सितु प्रसाद श्रेष्ठ, बुटवल नगर खेलकुद विकास समितिका संयोजक बोनिन पिया, बुटवल उपमहानगरपालिका खेलकुद शाखा प्रमुख कोपिला ज्ञवाली, मध्यपश्चिम प्रितना हेटक्वाटरका प्रमुख सेनानी दुर्गा बहादुर थापाले पुरस्कृत गरे ।
प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री सिके गुप्ताले गरेका थिए । कार्यक्रममा नेपाल शारिरिक सुगठन तथा फिटनेस महासंघका केन्द्रीय उपाध्यक्ष सितु प्रसाद श्रेष्ठले राजधानी पछिको शारिरिक सुगठनको हबका रुपमा बुटवलको पहिचान बनेको बताए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]