2 years ago
February 25, 2024
बिर्तामोड (हाम्रो खेलकुद)- मधेश प्रदेशको धनुषामा हुने राष्ट्रिय महिला हक्की च्याम्पियनसिपमा भाग लिने कोशी प्रदेशका खेलाडीलाई बिदाइ गरिएको छ ।
झापाको बिर्तामोडमा एक कार्यक्रमका बीच झापा जिल्ला हक्की संघले आज महिला खेलाडीहरुलाई बिदाइ गरेको हो ।
प्रथम मदन भण्डारी राष्ट्रिय महिला हक्की च्याम्पियनसिप २०८० मा सहभागी हुने कोशी प्रदेशको टिममा प्रतिनिधित्व गर्ने सबै खेलाडी झापा जिल्लाका हुन् ।
बिदाइ कार्यक्रममा संघका अध्यक्ष मनोज बुढाथोकी, झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, झापा गोल्ड कपका वरिष्ठ उपाध्यक्ष बलराम कार्की र नेपाल खेलकुद पत्रकार मञ्च झापाका निवर्तमान अध्यक्ष हिमाल खरेलले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा टिम कप्तान रञ्जना राजवंशीलाई जर्सी प्रदान गरिएको थियो । प्रदेशको हक्की टिमका सबै खेलाडी मेचीनगर १४ र १५ तथा भद्रपुर ९ पुँहातुबारीका रहेका छन् । धनुषामा खेल्ने टिमको प्रशिक्षकमा दिपक खतिवडा र अफिसियलमा नेत्र तामाङ रहेका छन् ।
कोशीकी साविक कप्तानसहित सिर्जना तामाङसहित आठजना खेलाडी त्रिभुवन आर्मी, मदन भण्डारी स्पोर्टस् एकाडेमीलगायतका टिममा गए पनि सशक्त युवा सदस्य समेटर अब्बल टिम बनाइएको अध्यक्ष बुढाथोकीले बताए ।
कोशीको पुरुष टिम यसअघि हेटौंडामा भएको राष्ट्रिय प्रतियोगितामा उपविजेता भएको थियो ।
कोशी महिला हक्की टोली – रञ्जना राजवंशी (कप्तान), नैना राना मगर, अल्का राजवंशी, सीमा राई, अञ्जली पाहान, पूर्णिमा राई, मनिका समरिया, हरसिता कनोजी, मोरोमी बर्मनसलिना मर्डी, सविना राजवंशी, अञ्जली कर्मकार, सन्ध्या राई, सुप्रिया तिग र अनुप्रिया बेग ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]