default_image

2 years ago

February 29, 2024

स्पोर्टस् कनेक्ट अर्को महिना आयोजना हुने

1447 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– माइस इन्टरनेसनल सर्भिस प्रा.लि. र नेपाल इस्पोर्ट्स एसोसिएसन (नेसा) ले संयुक्त रुपमा अर्को महिना स्पोर्ट्स कनेक्ट आयोजना गर्ने भएको छ ।

नेपाल ओलम्पिक कमिटि (एनओसी) सहित खेलका विभिन्न संगठन र संस्थाबीच नेटवर्किङ र समन्वय गर्ने पहिलोपल्ट यस्तो खालको कार्यक्रम आयोजना गर्न लागिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा माइस इन्टरनेसनलका प्रबन्ध निर्देशक दीपक थापाले बताए ।

स्पोर्टस कनेक्ट चैत २२ देखि २४ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । तीन दिनमा तीन ठूला कार्यक्रम आयोजना हुने बताएको छ । जसमा चौथो नेपाल ईस्पोट्स च्याम्पियनसिप तथा नेपाल एक्स्पो, स्पोर्टस एन्ड फिटनेस एक्स्पो र नेपाल स्पोर्टस कन्क्लेभ रहनेछन् ।

विश्वमै तीब्र गतिमा फैलिरहेको इंस्पोर्टसमा सनसनीपूर्ण प्रतियोगिता र प्रदर्शनी हुने नेसाका अध्यक्ष सुरज डंगोलले बताए ।
च्याम्पियनसिपमा लोकप्रिय र फरक गरी इंस्पोटसका विभिन्न विधालाई समावेश गरिएको बताइएको छ । डोटा २, काउन्टर स्टुइक २. पब्जी मोबाइल, एमएलबीबी ओपन, एमएलबीबी बुमेन र ईफुटबलमा खेलाडी तथा टिमले उपाधि प्रतिस्पर्धा हुनेछ ।

विजेताले राष्ट्रिय च्याम्पियनको रुपमा उपाधि प्राप्त गर्नेछन् । यो च्याम्पियनसिप इन्टरनेसनल इंस्पोर्ट्स फेडेरेसन (आईईएसएफ) ले आयोजना गर्ने १६ औं विश्व इंस्पोट्स च्याम्पियनसिप २०२४ को छनोटको रुपमा समेत रहने बताइएको छ । विश्व च्याम्पियनसिप नोभेम्बर ११ देखि १९ सम्म साउदी अरेबियाको रियादमा हुनेछ ।

त्यस्तै नेपालको खेलकुद, ईस्पोर्टस र फिटनेस उद्योगको लागि स्पोर्टस एन्ड फिटनेस एक्स्पो आकर्षणको केन्द्र बन्ने विश्वास आयोजकको रहेको छ । खेल सामाग्र उत्पादक तथा व्यापारिक कम्पनी, खेल प्रतिष्ठान, क्लब, प्रतियोगिता, च्याम्पियनसिप, खेल संघ, शैक्षिक संस्था, आर्थिक प्रविधि, इन्टरनेट सेवा प्रदायक, इंस्पोर्टसका डिभाइस तथा सेवा प्रदायक, स्पोर्ट्स एसेसरिज र सर्भिस प्रदायक कम्पनी तथा संस्थाले आ–आफ्ना उत्पादन तथा सेवा प्रदर्शनीमा राख्ने बताइएको छ ।

एनओसीको समन्वयमा हुने नेपाल स्पोर्ट्स कन्क्लेभमा खेलकुद उद्योगमा नवीनताका लागि तार्किक सवाद र बृहत् छलफल हुने बताइएको छ । खेलकुदमा नीतिगत बहस जरुरी रहेकोले कन्क्लेभ आयोजना गर्न लागिएको एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले बताए ।

कार्यक्रमको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनको केटीभी म्याक्सले गर्नेछ । कान्तिपुर टिभीका सिइपी सुरजसिंह ठकुरीले इस्पोर्टसको प्रत्यक्ष प्रसारणका लागि आफूहरु उत्सहित रहेको बताए । कार्यक्रमलाई नेपाल खेलकुद पत्रकार मञ्चको साथ तथा नेपाल ओलम्पियन संघ र नेपाल च्याम्बर अफ कमर्सको पनि सहकार्य रहने बताइएको छ ।

डिजिटल पार्टनरको रुपमा खल्ती, इभेन्ट टेक पार्टनरमा इभेन्ट मो रहेका छन् भने कैलाशा एड्भरटाइजिङ (नेपाल) र भारतको एस एक्जिविसन्स पीआर तथा मार्केटिङ एजेन्सी पार्टनर रहेको जनाएको छ । कार्यक्रममा खेल व्यक्तित्व, नीति निर्माता, उद्योगका नेतृत्वकर्ता, खेलप्रति उत्सुकता राख्ने र सर्वसाधारणको उल्लेख उपस्थिति रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

Success

Thank you for your time.