default_image

2 years ago

February 29, 2024

पुलिससँग पराजित भएको आर्मी सेमिफाइनलमा

1286 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब संखुवासभाको खादबारीमा जारी मुख्यमन्त्री कप पुरुष भलिबलको सेमिफाइनलमा पुगेका छन् ।

समूह चरणको अन्तिम खेलमा बिहीबार पुलिसले आर्मीलाई ३–२ हराउँदै समूह एको विजेता बनेको थियो । पुलिसले आर्मीलाई २९–२७,२५–२०,२५–१९,२५–१७ र १५–१२ ले हराएको थियो । बुधबार कोशी प्रदेश सँग पराजित भएको आर्मी समूह उपविजेताका रुपमा अन्तिम चारमा पुगेको छ ।

सोही समूहको अर्को खेलमा कर्णाली प्रदेशले कोशीलाई २५–१८,२५–१९,२३–२५,२३–२५ र १५ –१२ ले हराएको थियो । कर्णाली र कोशी दुवै प्रतियोगितबाट बाहिरिएका छन् । समूह चरणमा पुलिसले ८ र आर्मीले ४ अंक बटुलेका थिए ।

समूह बीमा एपिएफ र गण्डकीको सेमिफाइनल पुग्ने सम्भावना रहेको छ । एपिएफ र गण्डकीले समान २ खेल जितेका छन् । एपिएफले गण्डकीलाई २५–२३,२५–२१ र २५–२० को सोझो सेटमा हराएको थियो ।

त्यो समूहको अर्को खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई २५–१७,२२–२५,२५–२३,१९–२५ र १५–६ ले हराएको थियो । पहिलो दिन हुन नसकेको एपिएफ र सदूरपश्चिमबीचको खेल शुक्रबार बिहान भएपछि समूह चरणको खेल टुंगिने प्रतियोगिता संयोजक प्रविण श्रेष्ठले जानकारी दिए ।

प्रदेश खेलकुद विकास बोर्ड कोशीको आयोजना र जिल्ला भलिबल संघको व्यवस्थापनमा जारी प्रतियोगिताको विजेता टोलीले ३ लाख, दोस्रोले १ लाख ५० हजार, तेस्रोले ५० हजार र चौथो हुने टोलीले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले २५ तथा विधागत उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँ पाउनेछन् ।

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

Success

Thank you for your time.