default_image

1 month ago

March 2, 2024

आर्मीलाई हराउँदै पुलिस तेस्रो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब संखुवासभाको खादबारीमा जारी मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगितामा तेस्रो भएको छ । शनिबार अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै तेस्रो बन्न सफल भएको हो । एकपक्षिय खेलमा पुलिसले आर्मीलाई २५–२३,२५–१७, २५–१७ ले हराएको थियो । पहिलो सेट बाहेक आर्मीले पुलिसलाई चुनौती दिन सकेन […]

557 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब संखुवासभाको खादबारीमा जारी मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगितामा तेस्रो भएको छ । शनिबार अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै तेस्रो बन्न सफल भएको हो ।

एकपक्षिय खेलमा पुलिसले आर्मीलाई २५–२३,२५–१७, २५–१७ ले हराएको थियो । पहिलो सेट बाहेक आर्मीले पुलिसलाई चुनौती दिन सकेन । एकै समूहमा रहेका यि दुई टोलीबीचको प्रतिस्पर्धामा पनि पुलिसले आर्मीलाई हराएको थियो । नेपाल एपिएफ क्लब र गण्डकी प्रदेशबीच फाइनल जारी छ ।

प्रदेश खेलकुद विकास बोर्ड कोशीको आयोजना र जिल्ला भलिबल संघको व्यवस्थापनमा जारी प्रतियोगिताको विजेता टोलीले ३ लाख, दोस्रोले १ लाख ५० हजार, तेस्रोले ५० हजार र चौथो हुने टोलीले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले २५ तथा विधागत उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँ पाउनेछन् ।

April 15, 2024

राष्ट्रपति रनिङ सिल्डमा पलेशाले दीप प्रज्ज्वलन गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा पारा तेक्वान्दो खेलाडी ओलम्पियन पलेशा गोवर्धनले ओलम्पिक दीप प्रज्ज्वलन गर्ने भएकी छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा मंगलबार हुने राष्ट्रपति रनिङ उद्घाटन कार्यक्रमका दौरान दीप प्रज्ज्वलन गर्नुअघि ओलम्पिक टर्चलाई ट्रयाकमा परिक्रमा गराइने । टर्च परिक्रमा कार्यक्रममा ओलम्पियन देवु थापा, कमलबहादुर […]

April 14, 2024

६ खेलाडी आइओएफसटिसीका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद) – चौथो राष्ट्रिय खुला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिताबाट ६ खेलाडी दक्षिण कोरियाको सिओलमा अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) का लागि छनोट भएका छन् । कोरियामा अगष्ट २३ देखि २४ तारिखसम्म हुने आइओएफटिसीका लागि आइतबार ग्योरोगीमा ४ र एकल पुम्सेमा २ गरी ६ स्पर्धामा स्वर्ण पदक जितेका खेलाडी छनोट भएका हुन् । कोटेश्वर […]

April 14, 2024

बागमती अन्तर प्रदेश खेलकुदमा टिम च्याम्पियन

हेटौंडा (हाम्रो खेलकुद) – बागमती प्रदेश प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा टिम च्याम्पियन बनेको छ ।बागमती प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गरेको अन्तरप्रदेश खेलकुदमा ६१ स्वर्ण पदक जित्दै बागमती च्याम्पियन बनेको हो । बागमतीले ४३ रजत र ३६ कांस्य पदकका साथ कुल १ सय ४० पदक जितेको छ । त्यस्तै २१ स्वर्ण, २१ रजत र […]

Success

Thank you for your time.