2 years ago
March 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले एसियाली र्याफ्टिङ च्याम्पियनसिपको हेड टु हेडमा स्वर्ण जितेको छ ।
उक्त स्पर्धामा नेपालले १ सय २० अंक जोड्दै स्वर्ण जितेको नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले जनाएका छन् ।
भारतको हिमाचल प्रदेशस्थित सिम्लामा भएको प्रतियोगिताको स्लालममा ८० अंकसाथ नेपालले कास्य जित्यो । डाउन रिभरमा ६० अंक जोडेको नेपाल चौथो भयो ।
समग्र टिममा भने नेपाल दोश्रो स्थानमा रह्यो । नेपाली खेलाडीमा सविन गुरुङ, शक्तिकुमार गुरुङ, विजय गुरुङ, डम्बरबहादुर पुर्वाछाने र दीपेश पुन मगर रहेका छन् । टोलीको प्रशिक्षकमा भिष्म थपलिया र व्यवस्थापकमा महेश थापा छन्।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]