default_image

2 years ago

March 10, 2024

चौथो मन्जुश्री ट्रेल रेस अर्को महिना

640 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- चौथो मन्जुश्री ट्रेल रेस अर्को महिना आयोजना हुने भएको छ। रेस चैत २३ गते‌ सुरु हुने बताइएको छ।

एसिया ट्रेल मास्टर्सको छनोट खेलका रुपमा आयोजना हुन लागेको चौथो संस्करण अन्तर्गत मन्जुश्री ट्रेल रेसको आवेदन खुलाइएको आयोजकले जनाएको छ।

जस अन्तर्गत मन्जुश्री ट्रेल रेसको १ सय माइल र १ सय किलोमिटरको उत्कृष्ट ५ जनालाई एसिया ट्रेल मास्टर्समा सहभागि गराइने बताइएको छ।

त्यसका लागि चीन, फ्रान्सलगायत विश्व वरियातामा उच्च स्थानमा रहेका खेलाडी सहभागी हुने आयोजकले जानकारी दिएको छ । अहिले सम्म विभिन्न १० देशबाट १ सय ३० खेलाडिले नाम‌ दर्ता गरिसकेको जनाइएको छ ।

मञ्जुश्री ट्रेल रेसको आयोजना ‘मञ्जुश्री ट्रेल रेस’ नामक गैरसरकारी सँस्थाले गरेको हो छ । नेपाल सरकारको सहयोगमा आयोजना हुन लागेको पर्वतीय खेल महोत्सवका विभिन्न आधिकारिक खेल मध्ये ट्रेल रनिङका लागि मन्जुश्री ट्रेल रेसलाई अनुबन्धित गरिएको सँस्थाका अध्यक्ष सुवास थापाले जानकारी दिए ।

अन्तराष्ट्रिय विमानस्थलबाट नजिकैको दूरीमा ऐतिहासिक भूमिबाट रेस सुरू गर्ने मञ्जुश्री ट्रेल रेसले गर्दै आएको छ ।

काठमाडौं उपत्यकालाई फन्का मारेर रेसको मज्जा लिन सकिने भएकाले मञ्जुश्रीले आयोजना गर्दै आएको यस रेसतर्फ आकर्षण बढिरहेको आयोजक‌को भनाइ छ । मञ्जुश्री ट्रेल रेसले हरेक वर्ष रेस आयोजना गर्दै आइरहेको छ ।

सन् २०२३ को रेसको चार चरणमा गरी ६७ जना नेपाली र २१ जना विदेशी गरी जम्मा ८८ जना प्रतियोगी सहभागी थिए। जसमध्ये ६९ जना पुरुष र १९ जना महिला रहेको अध्यक्ष थापाले जानकारी दिए । रेसमा सहभागी हुन इच्छुकले मञ्जुश्री ट्रेल रेसको आधिकारिक वेबसाइट मार्फत आवेदन दिन सक्ने जनाइएको छ।

आइटिआरएको मापदण्ड अनुसारको ‘मञ्जुश्री ट्रेल रेस’ पूरा गर्ने सहभागीले आइटिआरएबाट ६ अङ्क प्राप्त गर्छन् जुन आइटिआरए सम्बन्धित न्युनतम योग्यता गणना हुने अन्तर्राष्ट्रिय ट्रेल रेसमा मान्य हुनेछ ।

१ सय ७० किलोमिटर रेस विजेताले ६०, दोस्रोले ४० र तेस्रोले २० हजार रुपैयाँ‌ पाउनेछन्। १ सय किलोमिटर रेसका विजेताले ४०, दोस्रोले २५ हजार र तेस्रोले १५ हजार रुपैयाँ‌ पाउनेछन् ।

५० किलोमिटर रेसका विजेताले ३०, दोस्रोले‌ १५ हजार र तेस्रोले १० हजार रुपैयाँ पाउनेछन्। त्यस्तै केभिआर १०० स्टेज रेस अन्तर्गतको विजेताले २०, दोस्रोले‌ १० हजार र तेस्रोले ५ हजार रुपैयाँ पाउनेछन् ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.