2 years ago
March 11, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली ५ खेलाडीले थाइल्यान्डको बैंककमा हुने १९औं विश्व मुवाँथाई च्याम्पियनसिपमा भाग लिने भएका छन्। टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको छ।
मार्च १२ देखि २० सम्म हुने प्रतियोगिताको पुरुष ५४ केजीमा गुणराज रुचाल, ५१ केजीमा सुशिल शाह ठकुरी र सञ्जय राई (प्रो) र ५७ केजीमा गुमान घर्ती मगरले प्रतिस्पर्धा गर्नेछन् । महिला ५१ केजीमा पारिका बतासले खेल्नेछिन् । गुणराज र सुशिल यसअघि नै थाइल्यान्ड पुगिसकेका छन् ।
नेपाल राष्ट्रिय मुवाँथाइ संघका अध्यक्ष गणेशलाल कक्षपति, सचिव उत्तम गुरुङ र सुदूरपश्चिम मुवाँथाई संघका उपाध्यक्ष किशोर जोशीले टोलीको बिदाइ गरेका थिए ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]