default_image

2 years ago

March 14, 2024

एनएनआइपिए स्पोर्टस अवार्डलाई केडिया ग्रुपको साथ

675 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– एनएनआइपी स्पोर्टस अवार्डलाई केडिया ग्रुपले प्रायोजन गरेको छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आफ्नो वार्षिक रुपमा आयोजना गर्दै आएको अवार्ड यसपटकबा केडिया ग्रुपले प्रायोजन गर्ने सम्झौता बिहीबार भएको हो ।

अवार्ड चैत १२ गते ललितपुरको शंखमुल पुल नजिक यल दरबारमा हुने भएको छ । केडिया ग्रुपका अध्यक्ष विमल केडिया र खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता ३ वर्षका लागि गरिएको बताइएको छ ।

सम्झौता अनुसार केडिया ग्रुपले अवार्डमा एक पुरुष र एक महिलालाई सर्वोकृष्ट खेलाडीको रुपमा सम्मान स्वरुप प्रदान गर्ने समान १ लाख तथा अवार्डको व्यवस्थापनको लागि ५० हजार गरि बार्षिक २ लाख ५० हजार प्रदान गर्नेछ ।

२०७९ सालमा गण्डकी प्रदेशमा सम्पन्न नवौ राष्ट्रिय खेलकुदमा समावेश विभिन्न ३६ खेलहरुलाई आधार मानी सम्बन्धित संघले सिफारिस गरेका खेलाडीलाई एनएनआइपीएले अवार्ड प्रदान गर्ने बताइएको छ ।

३६ खेल मध्येका उत्कृष्ट खेलाडीले अवार्डसहित जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडीहरु मध्येबाट एक महिला र एक पुरुषलाई सर्वोकृष्ट घोषित गर्दै १ लाख रुपैयाँ दिइनेछ। त्यस्तै एक महिला र एक पुरुषलाई प्रतिभाशाली खेलाडी सम्मान सम्मान गरिने बताइएको छ । उनीहरू ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

एकजना पाका खेल व्यक्तिलाई गजराज आर्दश खेल व्यक्तित्वबाट र एक खेल पत्रकारलाई एनएनआइपिए खेल पत्रकारिता पुरस्कारबाट सम्मानित ३५ हजार रुपैयाँ पाउनेछन् । एक जना वर्ष उत्कृष्ट पारा खेलाडी सम्मान हुनेछन् र उनले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

एनएनआइपिए अवार्डबाट सम्मानित हुने ३६ खेलमा फुटबल,साइक्लिङ्ग, भलिबल ,एथलेटिक्स, फेन्सिङ ,तेक्वान्दो,ह्याण्डबल, जिम्नाष्टिक, लन टेनिस, गल्फ, हक्की, फट टेनिस, उसु, पौडी, स्क्वास, भारोत्तोलन, ट्रायोथोलन, क्रिकेट, सुटिङ ,आइटिएफ तेक्वान्दो, फूल कन्ट्याक्ट करातेका खेलाडी छन् ।

त्यस्तै जुडो , कुस्ती, रग्बी, ब्याडमिन्टन, बास्केटबल, आर्चरी, कबड्डी, टेबल टेनिस, कराते, शारीरिक सुगठन, खो खो, पाराग्लाइडिङ , बक्सिङ ,बुद्धिचाल, सेपाकटाक्रोका खेलाडी एनएनआइपिए अवार्डबाट सम्मानित हुनेछन् ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.