2 years ago
March 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब आठौं आरबीबी एनभिए भलिबल च्याम्पियनसिप पुरुषतर्फको सेमिफाइनलमा पुगेको छ । कोशी प्रदेशलाई बिहीबार ३–० ले हराउँदै पुलिस त्रिपुरेश्वस्थित राष्ट्रिय खलकुद परिषदको कभर्ड हलमा जारी च्याम्पियनसिपको अन्तिम चारमा पुगेको हो ।
च्याम्पियनसिपको छैटौं दिन एकपक्षिय क्वार्टरफाइनलमा पुलिसले कोशीलाई २५–१३,२५–१६,२५–१३ ले हराउँदै अघिल्लो चरणको यात्रा तय गरेको हो । पुलिसले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब वा भारतीय खेलाडी सम्मलित सुदूरपश्चिम प्रदेशको सामना गर्नेछ । अर्को सेमिफाइनल टिप टप हेल्प नेपाल र गण्डकी प्रदेशबीच शुक्रबार हुनेछ ।
त्यसअघि एभरेष्ट भलिबल क्लब र पुलिस क्लब महिलातर्फको फाइनलमा पुगेका थिए । चन्द्रगिरी नगरपालिका न्यु डायमण्ड महिला टिमलाई ३–० को सोझो सेटमा हराउँदै एभरेष्टले पुलिससँगको भेट पक्का गरेको हो ।
राष्ट्रिय महिला टोलीकी कप्तान अरुणा शाहीसहित ३ भारतीय खेलाडी सम्मिलित एभरेष्टले न्यु डायमण्डलाई २५–२०,२५–१२, २५–१८ हराएको हो । एपिएफलाई हराउँदै समूह विजेताका रुपमा सेमिफाइनल पुगेको न्यु डायमण्डले एभरेष्टविरुद्ध भने कुनै पनि समय खेलमा प्रभाव जमाउन सकेन ।
अर्को सेमिफाइनलमा एपिएफलाई हराउँदै साविक पुलिस अन्तिम दुईमा पुगेको थियो । पहिलो सेमिफाइनलमा ३–१ को जितका साथ पुलिस उपाधि रक्षाको नजिक पुगेको हो । पुलिसले एपिएफलाई २७–२५,२५–२२,२५–१७ ले हराएको थियो । समूह चरणमा पुलिस र एभरेष्ट एकै समूहमा थिए । त्यसमा विजयी हुँदै पुलिस समूह विजेता र एभरेष्ट समूह उपविजेताका रुपमा अन्तिम चारमा पुगेका थिए । न्यु डायमण्ड र आर्मीबीच शुक्रबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।
पुरुषतर्फ हेल्प नेपाल, एपिएफ, पुलिस, आर्मीसँगै कोशी, सुदुरपश्चिम, बुढानिलकण्ठ र गण्डकी अर्काे वर्ष हुने आठौं एनभिए महिला तथा पुरुष भलिबल लिगको लागि छनोट भएका छन् । नेपाल भलिबल संघका अनुसार महिलामा शीर्ष ६ टोली र पुरुषमा शीर्ष ८ टोली लिगका लागि छनोट हुनेछन् ।
नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा ८ दिनसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १३ टोलीको सहभागिता छ । दुवैतर्फको विजेता टोलीले ५ लाख, दोस्रो टोलीले २ लाख र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]