2 years ago
March 31, 2024
काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लब र एपिएफ छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेका छन् । आर्मी पुरुष तथा एपिएफ महिलामा च्याम्पियन बनेको हो ।
आर्मीले ३ स्वर्ण, नेपाल पुलिस क्लबले २ तथा कर्णालीले १ स्वर्ण पदक प्राप्त गर्यो । महिलामा एपिएफले पनि सर्वाधिक ३ स्वर्ण जित्यो । आर्मी, लुम्बिनी र पुलिसले समान १ स्वर्ण पदक जित्यो । पुरुष महिला दुवैमा समान ६ स्वर्ण पदक लागि प्रतिस्पर्धा भएको थियो ।
गणेशमान सिंह फउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी र नेपाल बक्सिङ महासंघद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुषमा नेपाल प्रहरीका चन्द्रबहादुर थापा तथा महिलामा एपीएफकी संगिता सुनार उत्कृष्ट खेलाडी घोषित भए । दुवैले समान ५० हजार रुपैयाँ प्राप्त गरे।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष ५१ केजी फाइनलमा पुलिसका चन्द्रले मधेश प्रदेशका रविन थापालाई पराजित गर्दै स्वर्ण पदक जिते ।
पुरुष ५७ केजीमा आर्मीका प्रेम चौधरीले कर्णाली प्रदेशका सुलभ माली (वाकओभर), ६३.५ केजीमा पुलिसका भुपेन्द्र थापाले आर्मीका खगेन्द्र रोका मगर, ७१ केजीमा आर्मीका दानबहादुर दर्लामी मगरले एपीएफका विक्रम चौधरीले पहिलो स्थान प्राप्त गरे ।

८० केजीमा कर्णालीका मनोज तामाङले सुदूरपश्चिमका बालाजी रावल तथा ९२ केजीमा आर्मीका महेन्द्र केसीले एपीएफका रविन नेपाललाई हराउदै पहिलो भए ।
महिला ५० केजीमा लुम्बिनीकी सुष्मा तामाङले बागमतीकी रमिशा श्रेष्ठ, ५४ केजीमा प्रहरीकी अञ्जनी तेलीले बागमतीकी रक्षा जिसी, ५७ केजीमा आर्मीकी वर्षा श्रेष्ठले कोशीकी नारिका राई हराउँदै स्वर्ण पदक जिते ।

६० केजीमा एपीएफकी संगिता सुनारले आर्मीकी ललिता महर्जन, ६६ केजीमा एपीएफकी विनिता थापा मगरले आर्मीकी निरु गुरुङ तथा ७५ केजीमा एपीएफकी सरस्वती रानाले आर्मीकी तृषा जबेगुलाई पाखा लगाउदै स्वर्ण जिते । हरेक तौलसमूहको विजेताले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले ७ं हजार ५ सय रुपैयाँ प्राप्त गरे ।
विजेतालाई पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतले पुरस्कृत गरे ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]