2 years ago
April 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यहि साता आफ्नो ६० औं वार्षिकोत्सवमा विभिन्न कार्यक्रम गर्ने भएको छ ।
राखेपका संरक्षक समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा कार्यक्रम बुधबार हुने राखेपले जनाएको छ । राखेपले विविध कार्यक्रमसहित भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा वार्षिकोत्सव मनाउने तयारी भइरहेको जनाएको छ ।
कार्यक्रममा विभिन्न ६ विधामा १८ अवार्ड प्रदान गरिने छ । सिनियर/जुनियर समान २–२ गरी ४ खेलाडी, ८ कर्मचारी (२ करार कर्मचारीसहित), १ पारा खेलाडी र २ खेल पत्रकारलाई अवार्डसहित नगदबाट पुरस्कृत गरिने बताइएको छ ।
त्यस्तै खेल क्षेत्रमा उत्कृष्ट कार्य गरेवापत समान १–१ स्थानिय तह, प्रायोजक र राष्ट्रिय खेल संघलाई सोही अवसरमा सम्मान गरिने जनाएको छ ।
सदस्य–सचिव टंकलाल घिसिङ राखेपको नेतृत्वमा आएदेखि वार्षिकोत्सवमा थप नयाँ विधाको अवार्ड थप गरिएको थियो । खेलाडी अवार्ड, करार कर्मचारी अवार्ड र स्थानिय तह अवार्ड ५९ औं संस्करणदेखि थपिएको हो ।
दिउँसो ३ः३० बजे सुरु हुने कार्यक्रममा कलाकार हरिवंश आचार्य, गायक राजेशपायल राई र नृत्यकार सरोज प्रजा र विना रावतको प्रस्तुती रहने बताइएको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]