2 years ago
April 1, 2024
बुटवल (हाम्रो खेलकुद)– बुटवलमा कर्णेल उजिरसिंह थापा स्मृति मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने भएको छ । बुटवल उपमहानगरपालिका बुद्धिचाल संघले चैत २४ देखि २७ गतेसम्म बुद्धिचाल प्रतियोगिता गर्न लागेको आइतबार आयोजित पत्रकार सम्मेलन जानकारी दिइयो ।
४ दिनसम्म चल्ने प्रतियोगितामा सहभागि हुनको लागि नेपाल सहित भारत, वंगलादेश, श्रीलंका, अमेरिकाबाट समेत गरी अहिलेसम्म १ सय १७ जनाले नाम दर्ता गराईसकेको बताइएको छ । प्रतियोगितामा ४ सय जनासम्म सहभागी गराउन सकिने बुटवल उपमहानगरपालिका बुद्धिचाल संघका अध्यक्ष सुधिर पुनले बताए ।
प्रतियोगितामा सहभागी हुनका लागि रुपन्देही जिल्लाका खेलाडीलाई ३ हजार रुपैंया दर्ता शुल्क निर्धारण गरिएको बताइएको छ । त्यस्तै रुपन्देहीका विद्यार्थीलाई २ हजार रुपैंया, रुपन्देही बाहेककालाई ७ हजार रुपैंया र नेपाल बाहिरका खेलाडिलाई १० हजार रुपैंया दर्ता शुल्क निर्धारण गरिएको प्रतियोगिताका संयोजक माधवप्रसाद प्रधानले जानकारी दिए ।
प्रतियोगिता ७१ जनालाई नगद पुरस्कार प्रदान गरिने बताइएको छ । प्रतियोगिताको विजेताले २ लाख, दोस्रो खेलाडीले १ लाख १० हजार, तेस्रोले ६० हजार, चौथोले ४० हजार र पाँचौंले ३० हजार रुपैंया पाउनेछन् ।
त्यस्तै छैठौंदेखि दशौंस्थानमा आउनेले २० हजार, ११ औंंदेखि १५ औंसम्म आउनेलाई १५ हजार तथा १६ औं देखि २० औं स्थानसम्म आउनेलाई १३ हजार रुपैंया प्राप्त गर्ने प्रतियोगिताका प्रचारप्रसार संयोजक हरिष ढकालले जानकारी दिए । त्यस्तैगरी विधागत रुपमा २० वटा विधामा खेलाइने बताइएको छ । प्रतियोगितामा कुल कुल १० लाख १ हजार रुपैंया पुरस्कार रहेको बताइएको छ ।
प्रतियोगितामा झण्डै ४६ लाख रुपैंया लाग्ने अनुमान गरिएको छ । बुटवल उपमहानगरपालिकाले १५ लाख रुपैंयाले उपलब्ध गराउने १५ लाख रुपैयाँ खेलाडी दर्ताबाट संकलन हुने तथा बाँकी रकम प्रयोजक र सहयोग संकलन गरिने अध्यक्ष पुनले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै बुटवल उपमहानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष बोनिन पियाले बुटवललाई खेलकुदको हवको रुपमा विकास गर्न खेलकुदका क्षेत्रमा नगरपालिकाले उल्लेखनीय लगानी गरिरहेको बताए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]