2 years ago
April 12, 2024
भरतपुर (हाम्रो खेलकुद) – प्रथम अन्तर प्रदेश राष्ट्रिय प्रतियोगिताको भलिबलको पुरुषमा गण्डकी प्रदेश र महिलामा बागमती प्रदेशले उपाधि जितेको छ ।
पुरुषको फाइनलमा गण्डकीले कोशी प्रदेशलाई २५–१८, २५–२२ र २५–१८ को सोझो सेटमा पराजित ग¥यो । सुदूरपश्चिम तेश्रो भयो । महिलाको उपाधि भिडन्तमा बागमतीले गण्डकीलाई सीधा सेटमा २५–२१, २५–१२, र २५–८ ले हरायो । लुम्बिनी प्रदेश तेश्रो बन्यो ।
उपाधिका लागि कोशी र सुदुरपश्चिम भिड्दै
अन्तरप्रदेश खेलकुदअन्तर्गत महिला फुटबलको उपाधिका लागि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशले प्रतिस्पर्धा गर्ने भएका छन् । शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा कर्णाली प्रदेशलाई पेनाल्टी सुटाआउटमा ३–२ ले हराउँदै सुदूरपश्चिमले कोशीसँग उपाधि भिडन्त पक्का गरेको हो ।
बिहीबार कर्णाली प्रदेश र सुदूरपश्चिमबीचको दोस्रो सेमिफाइनल खेल पहिलो हाफ खेलेर स्थगित भएको खेल आज सम्पन्न भएको हो । भरतपुर–१९ को बखान मिनि रंगशाला शारदानगर फुटबल मैदानमा पहिलो हाफमा सुदूरपश्चिमले १–० गोलको अग्रता बनाएको थियो । सुदूरपश्चिमका लागि कप्तान अञ्जली चन्दले खेलको १७ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् ।
आज भएको खेलमा कर्णाली प्रदेशका लागि खेलको ६७ औं मिनेटमा हिमा रावलले गोल गर्दै खेल बराबरीमा ल्याइन ।
खेलको निर्धारित समय सकिदा समेत खेल बराबरी भएपछि निर्णय पेनाल्टी शुटआउट मार्फत गरिएको थियो । जसमा सुदुरपस्चिमले बाजी मार्न सफल भयो ।
सुदूरपश्चिमका लागि अन्जली चन्द, गंगा रोकाया र अस्मिता चौधरिले गोल गर्न सफल रहे । बिर्सना चौधरीको प्रहार कर्णालीका गोलरक्षकले रोख्दा बिनिता बोहोराको प्रहार भने बाहिरिन पुग्यो । कर्णालीका लागि हिमा रावल र भुमिका बुढाथोकीले गोल गर्न सफल भए भने ललिता भाट र लिला जोशिको प्रहार भने बाहिरिन पुग्यो । त्यस्तै तुलशा बोहोराको प्रहार भने सुदूरपश्चिमकी गोलरक्षकले रोक्न सफल भइन ।
बुधबार भएको पहिलो सेमिफाइनलमा मधेस प्रदेशलाई २–० गोल अन्तरले हराउँदै कोशीले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । फाइनल शनिबार हुनेछ ।
पुरुष क्रिकेटः मधेश प्रदेश फाइनलमा
मधेश प्रदेश प्रथम अन्तर प्रदेश खेलकुदअन्तर्गत पुरुष क्रिकेटको शुक्रबार फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा मधेशले सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले हराउँदै फाइनलमा स्थान बनाएको ।

चितवनको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुदूरपश्चिम प्रदेशले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको मधेसले १७. ५ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । मधेसका लागि पवन सरार्फले ६३ रनको अर्धशतकिय पारी खेले । त्यस्तै शाहिल पटेलले ४८, ‘म्यान अफ द म्याच’ यादवले २० रन बनाए । सुदूरपश्चिमका लागि नरेन साउदले ३ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १८. १ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ४५ रन बनायो । सुदूरपश्चिमको लागि वसन्त कार्कीले ३९ रन बनाउन अविशेखले २५ रनको योगदान गरे । मधेस प्रदेशका लागि रन्जित कुमारले ६ विकेट लिए । उनले ४ ओभर बलिङ गरेर १९ रन खर्चे । मधेशले उपाधिका लागि गण्डकी प्रदेशसंग शनिबार खेल्ने छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]