2 years ago
April 16, 2024
काठमाडौं (हाम्रो खेलकुद)- १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले प्रतियोगिताको उद्घाटन गरेका हुन्।
राष्ट्रपति पौडेललाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले र राष्ट्रपतिले ओलम्पियन देवु थापालाई रनिङ शिल्ड टर्च हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरे।

त्यसपछि राष्ट्रपति रनिङ शिल्ड टर्च ओलम्पियनहरू देवु थापा, कमल बहादुर अधिकारी र हरि रिमालले रङ्गशाला परिक्रमा गरी किर्तीमानी पारा ओलम्पियन पलेशा गोवर्धनले दीप प्रज्वलन गरेसँगै औपचारिक रूपमा प्रतियोगिताको उद्घाटन भएको हो। उद्घाटन समारोहमा सातै प्रदेशका खेलाडी, प्रशिक्षक र पदाधिकारीहरू मार्च पासमा सहभागी भए।
सात प्रदेशमा प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी भएर छनोट भएका ६ सय ८६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
वैशाख ६ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न ६ खेलमा ६६ स्वर्णको लागि प्रतिस्पर्धा हुनेछ। एथलेटिक्सको छात्र र छात्रामा समान १३ गरी २६ स्वर्ण, कराते, तेक्वान्दो र उसुको छात्र र छात्रामा समान ६ गरी ३६ स्वर्ण तथा भलिबल र कबड्डीको छात्र र छात्रमा समान १ गरी ४ स्वर्णका लागि खेलाडीहरूले दाबेदारी प्रस्तुत गर्नेछन्।
प्रतियोगितामा कुल ११ लाख ५२ हजार रुपैयाँ पुरस्कार रहेको राखेपले जनाएको छ ।

प्रत्येक खेलको हरेक स्पर्धामा व्यक्तिगततर्फ पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ५ हजार, ३ हजार र २ हजार प्राप्त गर्नेछन्।
टिम स्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुने टोलीले क्रमश : २ हजार ५ सय, २ हजार र १ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
त्यस्तै जुनियर रेकर्ड बनाउने खेलाडीले भने १५ हजार रुपैयाँ हात पार्नेछन्। सर्वाधिक स्वर्ण सहित टिम च्याम्पियन बन्ने टिमले रनिङ शिल्ड प्राप्त गर्नेछ।
राष्ट्रिय खेलकुद परिषदको आयोजना र युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा भएको प्रतियोगितामा एथलेटिक्स त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, भलिबल राखेपको कभर्डहल, कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, कराते सातदोबाटोस्थित कराते हल, तेक्वान्दो सातदोबाटोस्थित तेक्वान्दो हल र उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा सञ्चालन हुनेछ।
प्रतियोगिता आयोजनाको लागि १ करोड ५० लाख रुपैयाँ नेपाल सरकारबाट विनियोजन भएको छ। यो रकम गत संस्करणको भन्दा ३५ लाख रुपैयाँले बढी हो।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]