default_image

2 years ago

April 18, 2024

आर्मीलाई कालिका कप भलिबल उपाधि

4553 views

0 Bookmark

अर्जुन कार्की, बागलुङ

त्रिभुवन आर्मी क्लबले चैत्राष्टमी मेलाको अवसरमा आयोजित कालिका कप भलिबल प्रतियोगिताको उपाधि जितेको छ । बागलुङ घुम्टे रेष्टुरेण्टलाई बिहीबार भएको फाइनलमा ३–० को सोझो सेटले पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।

४ भारतीय खेलाडी सहित कोर्टमा उत्रेको घुम्टेका विरुद्धमा आर्मीका खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
आर्मीले खेल २५–१८,२५–१२,२५–२२ ले जितेको थियो । कस्तुरी युवा क्लब तेस्रो भएको छ । बिहिबार नै भएको खेलमा कस्तुरीले कालिका युवा क्लबलाई २५–२१, २५–२२, २५–१२ ले विजयी भएको थियो ।

आर्मीले ट्रफीसहित ३ लाख, घुम्टे रेष्टुरेण्टले १ लाख ५० हजार र कस्तुरीले १ लाख रुपैयाँ प्राप्त गरेको आयोजक कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।

यस्तै विधागत पुरस्कारमा पनि आर्मीका खेलाडीको वर्चस्व रह्यो । आर्मीका शरण सामरी क्षेत्री प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

आर्मीका धनपति कुँवर उत्कृष्ट स्पाइकर, कप्तान हरि बहादुर अधिकारी उत्कृष्ट ब्लकर, सम्राट भण्डारी उत्कृष्ट सेटर र नरेन्द्र गिरी उत्कृष्ट चुनिए । बागलुङ घुम्टेका राजनेश सिंह उत्कृष्ट सर्भर र कस्तुरीका निरज थापा उत्कृष्ट डिफेन्डर घोषित भए ।

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.