2 years ago
April 22, 2024
काठमाडौं (हाम्रो खेलकुद)- छैटौं साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता शनिबार सुरु हुने भएको छ ।
नेपाल हक्की संघको आयोजना हुने प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश गरी ६ टिमको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष अनिलप्रसाद शर्माले जानकारी दिए ।
सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूहको शीर्ष २ टोली सेमिफाइनलमा पुग्ने छन् ।
प्रतियोगिताको टोलीले विजेताले १ लाख, दोस्रोले ७५ हजार र तेस्रोले ५० हजार रुपैयाँ प्राप्त गर्ने छ । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई ५ हजार रुपैयाँ प्रदान गरिने बताइएको छ।
उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, सर्वाधिक स्कोरकर्ता र उदीयमान खेलाडीले जनही १० हजार रुपैयाँ पाउनेछन् ।
प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख रुपैयाँ खर्च हुने हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी गराइन् । प्रतियोगिता सञ्चालन गर्न सञ्चालन गर्न राष्ट्रिय खेलकुद परिषद्, धुलिखेल नगरपालिका र विभिन्न संघ संस्थाले सहयोग गर्ने बताइएको छ । ५ दिनसम्म चल्ने प्रतियोगिताका खेलहरु काभ्रको धुलिखेल खेलकुद मैदानमा हुनेछ ।
हक्की संघले प्रशिक्षक तथा निर्णायकलाई समयानुकुल परिस्कृत गर्दै लाने उद्देश्यले प्रतियोगिताका दौरान एसियन हक्की महासघंको सहयोगमा एएचएफ टेक्निकल अफिसियल कोर्स पनि धुलिखेलमा हुने बताइएको छ ।
रंगशाला र प्रशिक्षण केन्द्रका लागि जग्गा मिल्यो
पत्रकार सम्मेलनमा हक्कीको अन्तर्राष्ट्रिय स्तरको रंगशाला र प्रशिक्षण केन्द्र निर्माणका लागि धुलिखेलमा जग्गा प्राप्त भएको जानकारी दिइयो ।
महासचिव श्रेष्ठले रंगशाला र प्रशिक्षण केन्द्र बनाउन काभ्रेको धुलिखेल नगरपालिकाले हक्की सघंलाई धुलिखेल नगरपालिकाको वडा नं. १२ मा रहेको खेल मैदान उपलब्ध गराएको बताइन् ।
प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशले सोका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरिरहेको र अन्तिम चरणमा पुगको बताइएको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]