2 years ago
April 30, 2024
धुलिखेल (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले छैटौं साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि जितेको छ । गण्डकी प्रदेशलाई मंगलबार भएको फाइनलमा ४–१ गोलले हराउँदै आर्मी च्याम्पियन बनेको हो ।
धुलिखेल खेल मैदानमा आर्मीलाई जित दिलाउन सरस्वती तामाङले २ तथा सिमा खड्का र कमला चन्दले समान १ गोल गरिन् । गण्डकीका लागि सीता माया बलले एक गोल फर्काइन् । चौथो मिनेटमा सरस्वतीको गोलबाट आर्मीले अग्रता लियो । गण्डकी सीताले १६औं मिनेटमा बराबरी गोल गरिन् ।
१८औं मिनेटमा सरस्वतीको गोल आर्मीले दोस्रो पटक खेलमा अग्रता बनायो । २४औं मिनेटमा कमला र ५७ औं मिनेटमा सिमाले गोल गरेपछि आर्मीको जित निश्चित बनेको हो । आर्मीकी कमला चन्द फाइनलको प्लेअर अफ द म्याच चुनिइन् । उपाधिसहित आर्मीले १ लाख र गण्डकीले ७५ हजार रुपैयाँ प्राप्त गर्यो । सुदूरपश्चिम प्रदेश तेस्रो भएको छ । मधेश प्रदेशलाई १–० गोलले हराउँदै सुदूरपश्चिम तेस्रो भएको हो । २७औं मिनेटमा बबिता उराउको गोलमा सुदूरपश्चिम तेस्रो बन्न सफल भयो ।
प्रतियोगितामा सर्वाधिक १० गोल गरेकी आर्मीकी सरस्वती तामाङ उत्कृष्ट स्कोरर, सुदूरपश्चिमकीृ नमिता एसके इमर्जिङ प्लेअर, गण्डकीकी गोमा परियार उत्कृष्ट गोलकिपर, आर्मीकी सरिता मेचे उत्कृष्ट डिफेन्डर र आर्मीकै निलिमा पान्डे प्लेअर अफ द टुर्नामेन्ट चुनिन् । उत्कृष्टले समान १० हजार रुपैयाँ प्राप्त गरे । सेमिफाइनल पुग्ने टोलीबाहेक बागमती र लुम्बिनीको प्रतियोगितामा सहभागिता थियो ।
0सुदूरपश्चिम तेस्रो हुनुपर्नेमा अन्यथा भएकोले सच्चाईएको छ । सम्पादक
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]