2 years ago
May 1, 2024
ललितपुर (हाम्रो खेलकुद)- नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैसवालले नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्।
रुपेशले बुधबार फाइनलमा क्याण्डिडेट मास्टर मिलन लामासंगको क्लासिकलतर्फको पहिलो र दोस्रो खेल बराबरी खेलेका थिए। क्लासिकलमा १/१ को बराबरीले नतिजा नआएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो।
द्रुतगतिको ५/५ मिनेटको खेलमा सेतो र कालो गोटीको दुबै खेलका मिलनलाई पराजित गरि २ – ० को नतिजासहित च्याम्पियन बने । रुपेशले यामाहा सेलुटो २ लाख ५३ हजार रुपैयाँको मोटरसाइकल प्राप्त गरे।
लामो समय पछि खेलमा फर्केका युवा मिलनले लिग चरणदेखि उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्म यात्रा तय गरेका हुन् । मिलनले ८० हजार रुपैयाँ प्राप्त गरे।
अर्का फिडे मास्टर क्षितिज भण्डारी तेस्रो भए । उनले ५० हजार पाए ।
क्षितिजले तेस्रो स्थानको लागि भएको खेलमा राष्ट्रिय यु १६ का विजेता पुरुषोत्तम सिलवाललाई १.५ – ०.५ को सोझो सेटमा हराए। चौंथो भएका पुरुषोत्तमले ३० हजार रुपैयाँ प्राप्त गरे।
नकआउटक बाहेक लिग तर्फमा पनि पुरस्कारको व्यवस्था गरिएको प्रतियोगितामा स्वीस लिग अनुसार नवौं चरणसम्म भएको खेलमा आयोजक क्लबका सजिन महर्जन विजयी भए । सकिनले २५ हजार रुपैयाँ प्राप्त गरे। दोस्रो भएका सर्लाहीका कमल श्रेष्ठले १५ हजार रुपैयाँ पाए । तेस्रो बनेका निकेश कुशाथा १० हजार रुपैयाँ हात पारे ।

६ लाख ३५ हजार रुपैयाँ पुरस्कार रहेको प्रतियोगितामा शैलेन्द्र कुमार न्यौपाने चौथो र झापाका राजन सुवेदी पाँचौमा भए । तनहुँका सविनचन्द्र घिमिरे छैटौं, काठमाडौका राजेन्द्र बज्राचार्य सातौं , बद्रीलाल नेपाली आठौं ,सुदिप तामाङ नवौं र केशव श्रेष्ठ दसौं भए ।
महिलातर्फको उपाधि सिन्दिरालाई
महिलातर्फको उपाधि पूर्व महिला राष्ट्रिय च्याम्पियन सिन्दिरा जोशीले जितिन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन्।
मोरङकी शान्ति धिमाल दोस्रो र काठमाडौकी पुर्णिमा गुरुङ तेस्रो भइन् । नेपाल लोकतान्त्रिक खेलकुद संघले आफ्नो स्थापना दिवसको उपलक्ष्यमा ललितपुर स्पोर्ट्स क्लबसँगको संयुक्त आयोजनामा भएको प्रतियोगितामा ४० जिल्लाका १सय १२ राष्ट्रिय खेलाडी सहभागी थिए।
लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचनको सभापतित्वमा भएको समापनमा पूर्व अर्थमन्त्री प्रकाश शरण महत, बागमती प्रदेशका मन्त्री रामकृष्ण चित्रकार, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन लगायतले पुरस्कार वितरण गरे।
प्रतियोगिताको दसौं संस्करण २०८२ बैशाख महिनामा आयोजना गर्ने कार्यक्रमका संयोजक राजु ताम्राकारले जानकारी दिए।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]