2 years ago
May 4, 2024
ललितपुर (हाम्रो खेलकुद)- काठमाडौं महानगरपालिका र मध्यपुर थिमि नगरपालिका गोदावरी उपत्यका व्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
प्रस्तावित गोदावरी बहुउद्देश्यीय रङ्गशालाको झ्यालुन्टार मैदानमा भएको क्वाटरफाइनलमा कीर्तिपुर नगरपालिकालाई ५–४ गोल हराउँदै मध्यपुरले अन्तिम चारको पुगेको हो ।
मध्यपुरका लागि दिपक बासानले २ गोल गर्दा कप्तान यमन राजबाहाक, रोहन खड्गी र सुदर्शन श्रेष्ठले समान १ गोल गरे ।
खेलको चौथो र ५४ औँ मिनेटमा गोल गरेका दिपक खेलको म्यान अफ दि म्याच भए । उनलाई फिफा रेफ्रि नवीन्द्र मर्हजनले आयोजकका तर्फबाट ५ हजार रुपैयाँ र ट्रफि हस्तान्तरण गरे ।

प्रतियोगितामा व्यक्तिगत गोल संख्या ४ पु¥याएका मध्यपुरका रोहनले खेलको ५८ औं मिनेटमा गोल गर्दा कप्तान यमनले ६० औं मिनेटमा गोल गरेका थिए ।
खेलको ४१ औं मिनेटमा मध्यपुरका खेलाडीलाई डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टीमा सुर्दशनले गोल गरेका थिए ।
कीर्तिपुरका लागि यमन महर्जनले ह्याट्रिक गरे । प्रतियोगितामा यो उनको दोस्रो ह्याट्रिक हो । यसअघि उनले तारकेश्वर नगरपालिका विरुद्धको खेलमा पनि ह्याट्रिक गरेका थिए । यमनले खेलको ४३ औं, ६६ औं र ८२ औं मिनेटमा गोल गरे । शनिबारको खेलमा कीर्तिपुरका लागि अर्को १ गोल सन्जोग महर्जनले खेलको ८१ औं मिनेटमा गरे ।
शनिबार नै भएको अन्तिम क्वार्टरफाइनल खेलमा आयोजक गोदावरी नगरपालिकाको बि टिमलाई २–१ ले हराउँदै काठमाडौं महानगरपालिका प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

काठमाडौंका लागि दुवै गोल राज पौडेलले गरे । खेलको २० औं र ६५ औं मिनेटमा गोल गरेका राज खेलको म्यान अफ दि म्याच भए । उनलाई गोदावरी नगरपालिकाका मेयर गजेन्द्र मर्हजनले ५ हजार रुपैयाँ र ट्रफि हस्तान्तरण गरे । गोदावरीका लागि खेलको ९० औँ मिनेटमा राजन मर्हजनले एक गोल फर्काए । यसअघि गोदावरी टिम ए महालक्ष्मी नगरपालिकासँग पहिलो खेलमै पराजित भएको थियो ।
मंगलबार सेमिफाइनलका दुवै खेल हुनेछ। पहिलो सेमिफाइनलमा काठमाडौं महानगर र मध्यपुर थिमि तथा अर्को सेमीफाइनल चन्द्रागिरी नगरपालिका र महालक्ष्मी नगरपालिकाबीच हुनेछ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]