2 years ago
May 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)– टेबलटेनिस मुख्य प्रशिक्षक राजेन्द्र कपालीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दुई फरक अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा सहभागी हुने खेलाडीको छनोट प्रतियोगिता सञ्चालन गर्न जिम्मेवारी दिएको छ ।
सदस्य–सचिवस्तरीय निर्णयानुसार दुवै प्रतियोगिताका लागि कपालीको संयोजकत्वमा ३ सदस्यीय खेलाडी छनोट समिति गठन गरिएको राखेपले जनाएको छ । समितिका सदस्यमा नायब वरिष्ठ टेबलटेनिस प्रशिक्षकद्वय मोहनदास बासुकला र संजिव ढुंगेल छन् ।
पहिलो प्रतियोगिता पेरिस ओलम्पिकका लागि हुने दक्षिण एसियाली ओलम्पिक छनोट प्रतियोगिता रहेको छ । नेपालमै पहिलो पटक हुन लागेको यो छनोट प्रतियोगिता बैशाख ३१ देखि जेठ २ गतेसम्म सन्चालन हुनेछ ।
प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, पाकिस्तान र श्रीलंका गरी ५ राष्ट्रका समान २–२ महिला/पुरुष गरी १० खेलाडी सहभागी हुने छन् । प्रतियोगिताबाट समान १–१ महिला/पुरुष खेलाडी पेरिस ओलम्पिकका छनोट हुनेछन् ।
नेपालबाट महिलामा नविता श्रेष्ठ र इभाना थापाले तथा पुरुषमा संयोग कपाली र श्यान्टु श्रेष्ठले छनोटमा चुनौती प्रस्तुत गर्ने छन् ।
अर्को छनोट प्रतियोगिता दक्षिण एसियाली जुनियर टेबलटेनिस प्रतियोगिताका लागि हुनेछ ।
श्रीलंकामा हुने उक्त प्रतियोगिताका लागि नेपाली खेलाडीको छनोट प्रतिस्पर्धा जेठ ३ देखि ५ गतेसम्म सन्चालन हुनेछ । यो छनोटबाट समान ६–६ महिला/पुरुष खेलाडीले श्रीलंका यात्रा पक्का गर्ने छन् । दुवै छनोट प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]