2 years ago
May 14, 2024
काठमाडौँ — चौंथो नेपाल ई–स्पोर्ट्स च्याम्पियनसिप तथा एक्स्पो २०२४ तयारी पूरा भएको छ । भृकुटीमण्डपस्थित एक्स्पो हलमा मंगलबारदेखि सुरु हुने च्याम्पियनसिप तथा एक्स्पो माइस इन्टरनेसनल सर्भिस प्रालि र नेपाल ई–स्पोर्ट्स एसोसिएसन (नेसा) ले संयुक्त रूपमा आयोजना गनै लागेको हुन् ।
वैशाख ४ गते सम्म हुने च्याम्पियनसिप तथा एक्स्पोका दौरान नेपाल स्पोर्ट्स कन्क्लेभ तथा स्पोर्ट्स फिटनेस एक्स्पो हुनेछ ।
माइस इन्टरनेसनलका प्रवन्ध निर्देशक दीपक थापाले नेपाल ओलम्पिक कमिटी (एनओसी) सहित विभिन्न खेल संघ र संस्थाबीच नेटवर्किङ र समन्वय गर्ने उद्देश्यले कार्यक्रम गरिएको सोमबार पत्रकार सम्मेलनमा बताए ।
नेसाका अध्यक्ष सुरज डंगोलले चौथो ई–ंस्पोर्टस च्याम्पियनसिपबाट १६ औं अन्तर्राष्ट्रिय वर्ल्ड ई स्पोर्ट्स च्याम्पियनसिपका लागि खेलाडी छनोट गरिने जानकारी दिए । वल्र्ड इ स्पोर्टस च्याम्पियनसिप नोभेम्बर ११ देखि १९ सम्म साउदी अरबको रियादमा हुनेछ ।
स्पोर्ट्स कन्क्लेभमा खेलकुद क्षेत्रका बारेमा बृहत् संवाद हुनेछ । कन्क्लेभमा खेलाडीको जीवन, खेलकुदमा कर्पोरेट क्षेत्रको आवश्यकता तथा खेलकुदका लागि सरकारको नीति नियमका बारे ३ वटा सेसनमा छलफल हुने प्रवन्ध निर्देशक थापाले बताए ।
त्यस्तै च्याम्पियनसिपमा ई–स्पोटर््सका विभिन्न विधा समावेश गरिएको छ । ईफुटबल, डोटा २, काउन्टर स्ट्राइक (सीएस) २, पब्जीएम, एमएलबीबी ओपन र एमएलबीबी वुमेन प्रतिस्पर्धा हुने बताइएको छ ।
नेपाली खेलकुद, ई–स्पोर्टस र फिटनेस क्षेत्रका लागि एक्स्पो आकर्षणको केन्द्र बन्ने आयोजकको अपेक्षा रहको छ । खेलकुदका पुराना क्लबको इतिहास, खेल सामग्री उत्पादक तथा व्यापारिक कम्पनी, खेल संघ, शैक्षिक संस्था, ई–स्पोर्टसका डिभाइस, एसेसरिज र सर्भिस प्रदायक कम्पनी तथा संस्थाले आ–आफ्ना उत्पादन तथा सेवा प्रदर्शनीमा राख्ने बताइउको छ ।
एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले आफूहरुले डंगोलले नेतृत्व गरेको नेसासँग सहकार्य गरिरहेको बताए । ‘उहाँहरुकै नेतृत्वमा नेपालले एसियाली खेलकुदमा भाग लिएको थियो । उहाँहरुले लामो समयदेखि काम गरिराख्नुभएको छ,’ श्रेष्ठले भने, त्यसैले एनओसीले यहि नेसाको कामलाई नजिकबाट हेरिरहेको छ ।’ राष्ट्रिय खेलकुद परिषदमा केहि साता अघि अलग्गै इस्पोर्टस संघ दर्ता भएको थियो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]