2 years ago
May 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल मलेसियाको क्वालालम्पुरमा जारी सेपाकताक्रो विश्व कपको रेगु र डबल इभेन्टको दुवैमा तेस्रो भएको छ ।
विश्व कपमा मंगलबार भएको सेमिफाइनलमा नेपाल रेगु इभेन्टमा चाइनिज ताइपेइसँग २–१ सेटमा हराएको थियो । चाइनिज ताइपेसँग नेपाली टोली ११–१५,१५–१०,१२–१५ ले पराजित गर्यो । रेगुको अर्को सेमिफाइनलमा इरानसँग २–० ले पराजित भएको बंगलादेश पनि नेपालसँग संयुक्त रुपमा तेस्रो भएको छ ।
डबल इभेन्टमा नेपाल इरानसँग २–० सेटले पराजित भएको हो । इरानसँगको खेल नेपालले १३ –१५ ,११ –१५ ले गुमाएको थियो ।
त्यस्तै डबल इभेन्टमा चाइनिज ताइपेइसँग २–१ सेटले पराजित हुँदै जर्मनी नेपालसँगै तेस्रो भएको छ । रेगु र डबल दुवै इभेन्टको फाइनल इरान र चाइतिज ताइपेइबीच हुनेछ ।

रोशन तामाङको कप्तानीमा रहेको नेपाली टोलीमा दीपेश जङ्ग थापा, उमेश बहादुर महतो, अनिल जार्गा मगर, विजय महतो र पदम बहादुर थाडा मगर छन् ।
प्रशिक्षकमा श्याम बहादुर श्रेष्ठ, म्यानेजरमा नेत्र प्रसाद गुरुङ्ग र अन्तराष्ट्रिय टेक्निकल अफिसरमा नेसिर मास्के छन् । २१ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा नेपालसहित ९ राष्ट्र डिभिजन वान र प्रिमियरमा १२ राष्ट्र छन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]