2 years ago
May 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – कर्णालीमा यो वर्ष आयोजना हुने दसौं राष्ट्रिय खेलकुदका लागि सरकारले ६० करोड रुपैयाँ विनियोजन गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले मंगलबार आर्थिक वर्ष २०८१/८२ का बजेट प्रस्तुत गर्ने क्रममा राष्ट्रिय खेलकुदका लागि ६० करोड विनियोजन गरेको जानकारी गराएका थिए । राष्ट्रिय खेलकुद २०८१ मंसिर २ देखि ९ गते सम्म हुने यसअघि घोषणा गरिएको थियो ।
सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई ३ अर्ब ५० करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री पुनले खेलकुद पुर्वाधारका लागि १ अर्ब ३० करोड रुपैयाँ विनियोजन गरेको घोषणा गरे । गत आर्थिक वर्षको तुलनामा खेलकुदमा यसपटक ६२ करोड ४१ लाख रुपैयाँले वृद्धि भएको हो ।
ओलम्पिक र एसियाली खेलकुदमा सहभागिताका लागि राष्ट्रिय तयारी टोली निमार्ण गरिने बजेटमा उल्लेख छ । मिसन २०२६ लाई लक्षित गर्दै ५ खेल कराते, तेक्वान्दो, बक्सिङ, उसु र जुडोको राष्ट्रिय टोलीको तयारी जारी छ ।
खेल क्षेत्रमा महिला सहभागिता बढाउने, अन्तराष्ट्रिय प्रतियोगितामा राम्रो नतिजा ल्याउने खेलाडीलाई प्रोत्साहन गरिने उल्लेख गर्दै बजेटमा इस्पोर्टसको अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गर्ने तथा ८० राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना जनाइएको छ ।
मुलपानी क्रिकेट मैदान र विराटनगरको गिरीजाप्रसाद कोईराला रगंशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा निमार्ण गर्ने, भरतपुरको रगंशाला कीर्तिपुरको रंगशाला, र धनगढीको फप्ला रगंशालाको स्तरोन्नतीलाई पनि बटेजमा समेटिएको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]