2 years ago
May 28, 2024
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल गल्फ संघले वार्षिक साधारण सभाको अवसरमा पूर्व नम्बर एक एमेच्योर गल्फर सुवाश तामाङ र पत्रकार श्याम चित्रकारलाई सम्मान गरेको छ ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले सुवाशलाई सम्मान पत्र र एक लाख रुपैयाँ सहित सम्मान गरेको हो । उनले गल्फ संघले ७५ हजार र संघका उपाध्यक्ष फुर्साङ लामाले २५ हजार रुपैयाँबाट सम्मानित गरेको हो ।
नेपाली गल्फको सर्वाधिक सफल गल्फर सुवाशले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा ऐतिहासिक दोहोरो स्वर्ण जितेका थिए । उनले बंगलादेश ओपनमा सदभाव आचार्यसँग टिम तर्फ स्वर्ण र व्यक्तिगत स्पर्धामा रजत जितेका थिए ।
यसैगरी सुवाशले १२२औं संस्करणको अल इन्डिया एमेच्योर ओपनको उपाधि जिते । उनी भारतमा प्रतिष्ठित उपाधि जित्ने पहिलो नेपाली गल्फर बने । यही सफलताहरूको कदर गर्दै संघले सुबाशलाई सम्मान गरेको हो । सुााशले यही वर्ष प्रोफेसनल करियरको सुरूवात गरेका छन् ।

यसैगरी वरिष्ठ पत्रकार श्याम चित्रकारलाई गल्फ खेलको विकासमा पुर्याएको योगदानको कदर गर्दै नगद २५ हजार सहित सम्मान गरिएको छ । आजै नेपाल गल्फ संघको वार्षिक साधारण सभाले महासचिवमा दिपक आचार्य र सचिवमा श्रीराम भण्डारीलाई नियुक्त गरेको छ ।
संघको कार्यसमितिले प्रस्तुत गरेको मनोनयनको एजेन्डालाई साधारण सभाले पारित गर्दा आचार्य र भण्डारी नियुक्त भएका हुन् । यसैगरी साधारण सभाले महासचिव दिपक तथा कोषाध्यक्ष किसन अग्रवालले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन पारित गर्यो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]