default_image

2 years ago

June 2, 2024

गण्डकीसँग एपिएफको हार

1066 views

0 Bookmark

काठमाडौ (हाम्रो खेलकद) – उपाधि दाबेदार तथा साविक विजेता टिप टप हेल्प नेपाल, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश भलिबल संघ र त्रिभुवन आर्मी क्लबले आठौं पिएम एनभिए भलिबल लिग अन्तरगत पुरुषतर्फ विजयी सुरुवात गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्ड हलमा पहिलो दिन शनिबार महिलातर्फ दुई विभिागिय टोली एपिएफ र पुलिस विजयी भएका छन् । महिलातर्फका दुवै खेलमा तीब्र प्रतिस्पर्धा भएको थियो ।

एपिएफले चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिम र पुलिसले एपिएफलाई समान ३–२ ले हरायो । एपिएललले न्यु डायमण्डलाई २५–२३,२३–२५,२०–२५,२५–१५ र १५–३ ले हराएको थियो । अर्को खेलमा पुलिसले आर्मीमाथि २६–२४,२५–२२,२३–२५,२२–२५ र १५ –८ को जित निकालेको थियो ।

दिनको पहिलो खेलमा हेल्प नेपालले बुढानिलकण्ठ भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
तीन पाकिस्तानी र नेपालका चर्चित खेलाडीलाई टोलीमा समेटेको हेल्प नेपालले २५–२०, २५–१२, २७–२९ र २५–२२ को सेटमा जित निकाल्यो ।

सुरुवाती दुई सेट सहजै जितेको हेल्प नेपालले प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट भने गुमाउन पुगेको थियो । १७–२१ को स्थितिबाट खेललाई बराबरीमा ल्याएर अग्रता लिदै सेट प्वइन्टमा पुगेपनि हेल्प नेपालले उक्त सेट बुढानिलकण्ठलाई नै सुम्पियो ।

दिनको दोस्रो खेलमा नेपाल पुलिस क्लबले भारतीय खेलाडी सम्मिलित सुदुरपश्चिम प्रदेशलाई २५–२०, २५–१५ र २५–१६ को सोझो सेटमा हराउँदै जित निकाल्यो । पुरुषतर्फकै अर्काे खेलमा तीन भारतीय खेलाडीसम्मिलित गण्डकी प्रदेशले विभागीय नेपाल एपिएफलाई क्लबलाई ३–१ को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

गण्डकीले एपिएफमाथि २५–२२, १९–२५, २५–२० र २५–१९ को सेटमा जित दर्ता गदै उपाधि दावेदारी पेश गरेको छ । यसै खेलका लागि गत महिना जापान पुगेका चर्चित स्पाइकर रवि केसी पनि स्वदेश फर्किएका छन् । दिनको अन्तिम खेलमा पुरुषतर्फ आर्मीले कोशी प्रदेशलाई ३–० ले हराएको थियो ।

पुलिस, गण्डकी, हेल्प नेपाल, र आर्मीले समान ३ अक बटुलेका छन् । ८ मध्ये ७ दिन लिग चरणका खेल हुनेछन् । लिगको चौथो दिन जेठ २२ गते ७ खेल र बाँकी दिन ६ खेल हुनेछन् । अन्तिम दिन जेठ २६ गते महिला र पुरुषतर्फको तेस्रो स्थान र फाइनल गरि ४ खेल हुनेछन् ।

महिलातर्फ १७ र पुरुषतर्फ ३० गरि गरि लिगमा ४७ खेल हुनेछन् । गत चैतमा सम्पन्न आठौं आरबिबिएभिए भलिबल च्याम्पियनसिपबाट छनोट भएका महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीले जेठको १९ देखि २६ गते सम्म आयोजना हुने लिगमा प्रतिस्पर्धा गर्नेछन् ।

लिगमा पुरुष तर्फ टिपटप हेल्प नेपाल, एपिएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बूढानिलकण्ठ भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै महिला तर्फ पुलिस, एपिएफ, न्यु डायमण्ड, आर्मी, एभरेष्ट भलिबल क्लब बुटवल र कर्णालीले प्र्रतिस्पर्धा गर्नेछन् ।

नेपाली भलिबलकै इतिहासमा सर्वाधिक पुरस्कार राशी ३१ लाख ४० हजार रुपैयाँ लिगमा प्रदान गरिने संघले जनाएको । लिगको दुवैतफेको विजेताले ८ लाख, दोस्रोले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दुवैतर्फ सर्वोत्कृष्ट खेलाडीले ५० हजार, दुवै तर्फको उत्कृष्ट लिबेरो, सरभर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले जनही २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

उपत्यका बाहिरका टोलीले तयारी स्वरुप १ लाख २० हजार तथा उपत्यका भित्रका सहभागी टोलकिा खेलाडीले दैनिक २ सय ५० रुपैयाँ पाउनेछन् । लिगको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदको युट्युब च्यानलबाट हुनेछ ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.