2 years ago
June 3, 2024
सुमन अधिकारी, बुटवल
बुटवल उपमहानगरपालिका वडा नं. ११ मा रहेको लनटेनिस कोर्ट स्तरोन्नतीसंगै “फल्ड लाईट” जडान गरिएको छ । बुटवलको कोर्ट काठमाडौं बाहिर फल्ड लाइटसहित एक मात्र लनटेनिस कोर्ट बनेको छ ।
कोर्टमा रातिको समयमा पनि खेल्न सकिने गरि बुटवल लनटेनिस संघको पहलमा राष्ट्रिय खेलकुद परिषद (राखेप) र उपभोक्ताहरुको सहभागितमा फल्ड लाइट जडान गरिएको हो ।
एन्फा खेलमैदानसंगै जोडिएको टेनिस कोर्टको स्तरोन्नती गर्ने उद्देश्यले राखेप १० लाख रुपैयाँ तथा उपभोक्ता २ लाख गरि १२ लाख रुपैयाबाट ६ वटा पोलमा ४ सय वाटका १२ वटा बत्ति जडान गरिएको छ ।
अब राति पनि प्रशिक्षण र प्रतियोगिता गराउन सकिने संघका अध्यक्ष गोपाल ज्ञवालीले बताए । उनले भने ‘बत्ति जडानपछि प्राविधिक जाँच गरेका छौं । खेलका लागि आवश्यक उज्यालो पुग्ने भएपछि रातिको समयमा पनि कोर्टमा खेल खेल्न सकिने वातावरण बनेको छ । ’
करिव ७ कठ्ठा जग्गामा सुविधासम्पन्न २ वटा राष्ट्रियस्तरका तथा २ वटा अभ्यास कोर्ट निमार्ण गरि विभिन्न राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना हुँदै आएको छ । त्यस्तै कोर्टमा बिहान र साझ दैनिक प्रशिक्षण हुँदै आएको कोर्टमा रातिका लागि बत्तिको अभाव थियो ।
अब भने बुटवल लनटेनिस खेलका लागि नेपालकै सुविधासम्पन्न ठाँउ बन्नेको छ । थप १२ सय वाटका अरु बत्ति र २ वटा नयाँ कोर्ट निमार्ण गर्न सकेको खण्डमा अन्तरराष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिने प्रदेश लनटेनिस संघका अध्यक्ष संजय श्रेष्ठले बताए ।
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]
December 3, 2025
हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]