2 years ago
June 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एसिया ट्रायथलनको कङ्ग्रेसले सोमबार नेपाल ट्रायथोलनका अध्यक्ष निलेन्द्र राज श्रेष्ठलाई एसिया ट्रायथलनका अध्यक्षको सिनियर सल्लाहकारमा अनुमोदन गरेको छ ।
सउदी अरबको रियादमा भएको सो सभामा ट्रायथलन संघका अध्यक्ष एवंम् नेपाल ओलम्पिक कमिटी (एनओसी)) का महासचिव निलेन्द्रराज श्रेष्ठ र कोषाध्यक्ष निरज श्रेष्ठले भाग लिएका थिए । जुन १ मा सुरु भएको सो कङ्ग्रेस मंगलबार सम्पन्न हुनेछ ।
सन् २०२३ को जुन २३ मा जापानमा भएको चुनावी साधारण सभाबाट साउदी अरेबियाका राजकुमार फहाद बिन जलाबी बिन अब्दुल अजिज एसिया ट्रायथलनको अध्यक्ष निर्वाचित भएा थिए ।

चुनावपछिको पहिलो बैठकमा अध्यक्ष अल्दुल अजिजले श्रेष्ठलाई एसिया ट्रायथलनको अध्यक्षका सिनियर सल्लाहकारमा मनोनित गरेका थिए । जसलाई ट्रायथलनको कङ्ग्रेसले अनुमोदन गरेको हो ।
श्रेष्ठ दक्षिण एसियाली ट्रायथलन संघका अध्यक्ष, विश्व ट्रायथलन अन्तर्गतको एनओसी रिलेसन कमिसनका सदस्य तथा ओलम्पिक काउन्सिल अफ एसियाको कल्चर कमिसनका सदस्य समेत हुन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]