2 years ago
June 11, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अन्नपूर्ण माध्यामिक विद्यालयको आयोजनामा १९ औं अन्नपूर्ण फ्रेण्डसिप बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ। प्रतिस्पर्धामा २५ वटा विद्यालयका कूल ३ सय ५४ जना विद्यार्थीहरुको सहभागिता रहेको छ।
बृहत् विद्यालय स्तरीय बुद्धिचाल प्रतियोगितामा युवा-९, युवा -११, युवा-१३ र युवा -१३ वर्ष माथिका खेलाडीहरुले उ खेल प्रदर्शन गरेका छन्। छात्र तथा छात्रा खेलाडीबीच ८ विधामा छुट्टाछुट्टै प्रतिस्पर्धा मार्फत विजेता घोषणा गरिएका छन्।
छात्र १३ माथि ७ चरणको खेलमा ६.५ अंक जोडेर पुष्प सदन इङ्गिस स्कूलका सुप्रभ सागर श्रेष्ठ पहिलो स्थान हासिल गरेका छन्। यस्तै क्रिएटिभ एकेडेमीका सफल महर्जन ६ अंकसहित दोश्रो भए। ६ अंक नै बनाएर अन्नपूर्ण सेकेण्डरी स्कूलका रोहित श्रेष्ठ तेश्रो भए।
युवा- १३ माथि पनि पुष्प सदन स्कुलबाट प्रतिस्पर्धा गरेका विद्यार्थी शिवानी रिजाल ६ अंकसहित प्रथम भइन् । यस्तै नाइटिङ्गेल स्कूलका दीया श्रेष्ठले ५ अंक जोडेर दोश्रो भइन् । ५ अंक जोडेकी त्रियोग हाइ स्कुलका रिया श्रेष्ठ तेश्रो भइन् ।
युवा- १३ वर्ष सम्मको विद्यार्थी बिच प्रतिस्पर्धा मार्फत पाठशाला नेपाल फाउन्डेसनका ओस्कार पन्थले सबै खेल जितेर ७ अंक जोड्दै विजयी भए। ६ अंक जोडेर प्रज्ञा कुञ्ज स्कुलका कशिभ कार्की दोश्रो र समान अंकका साथ संस्कृति स्कुलका सहर्ष श्रेष्ठ भए।

१३ वर्ष मुनिका छात्रा बिचको प्रतिस्पर्धामा नितेन मेकोरियल स्कूलका ज्ञानी श्रेष्ठ ६ चरणमा ५ अंक जोडेर प्रथम भइन्। समान ५ अंकमा त्रियोगकी परिधि खत्री दोश्रो र मनकामना सेकेण्डरी स्कुलका प्रिसिओस अधिकारी तेश्रो बनिन्।
युवा- ११ वर्षमा छात्र तर्फ एभरेष्टका सार्थक श्रेष्ठ ७ चरणको खेलवाट ६.५ अंक जोड्दै प्रथम स्थान प्राप्त गरे। ६ अंकसहित त्रियोगका आभाष रिमाल दोश्रो र ५.५ अंक बनाएर अल्चेमिष्ट एकेडेमीका वचन सिलवाल तेश्रो भए।
११ वर्ष छात्रा तर्फ ५ खेलमा ५ जित दर्ता गर्दै न्यूसमिटकी निहाना श्रेष्ठ विजेता बनिन्। ४ अंकसहित अन्नपूर्णकी ओजस्वी श्रेष्ठ र न्युसमिट कै सुहानी सिंह ४ अंक जोड्दै तेश्रो भइन्।
९ वर्ष छात्र तर्फ ६ चरणको खेलमा ६ जित हासिल गर्दै ल्याबोटोरीका अंकुर पोखरेल विजयी भए । ५ अंक जोडेर दिपज्योतिका मन्दिप आले मगर दोस्रो र भने एभरेष्टका निशान्त गिरि ५ अंकसहित तेश्रो भए।
युवा- ९ छात्रा तर्फ ५ चरणको खेलवाट समान ४ अंक जोडेर इशानी मण्डल प्रथम, अन्नपूर्णका जैनव खातुन दोस्रो र अग्रता आचार्य तेस्रो भइन् ।
निर्देशक एवं योजनाकार, काठमाडौं जिल्ला बुद्धिचाल संघका अध्यक्ष केशव श्रेष्ठले लामो समय देखि यो प्रतियोगिता मार्फत धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरेको स्मरण गराउदै थप उत्कृष्ट खेलाडी बनाउन जिल्ला बुद्धिचाल संघ प्रयासरत बताए ।
पूर्व नेपाल च्याम्पियन समेत रहेका सिएम श्रेष्ठले ग्रासरुटबाट नै प्रतिस्पर्धा गराई तिनलाई प्रशिक्षण दिनु पर्ने कुरामा जोड दिदै यो १९ औं संस्करणवाट धेरै नयाँ प्रतिभावान खेलाडी तयार भएकोमा खुसी व्यक्त गरेका छन्।
प्रतियोगिताका प्रमुख निर्णायक आईए महेश्वर लाल डंगोलले स्वीस् मानेजर हेइन्ज हेर्जोग टाइमफाइल सिस्टम अनुसार डाइरेक्ट इन्काउण्टर , मोष्ट वीन फिडे टाइब्रेकरको नियममा २५ मिनेट १० सेकेण्ड इन्क्रिजमेण्ट टाइममा खेल खेलाइएको जानकारी गराए।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]