default_image

1 year ago

June 23, 2024

राजनलाई ब्लिज चेस उपाधि 

720 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद)- राजन पुरीले प्रथम टंगल टोल सुधार समिति खुल्ला ब्लिज बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्।

ललितपुरको रातो मच्छिन्द्र नाथ बहालमा सम्पन्न ९ चरण द्रुतगतिको ब्लिज खेलमा राजनले ८ मा जित र एक हारका साथ ८ अंक जोडे । उनले ७ हजारसहित ट्रफी प्राप्त गरे। 

खुल्ला बुद्धिचाल ब्लिज प्रतियोगितामा श्रीलंकाकी महिला खेलाडी डब्लुआइएम सचिनी‌ रनासिंघे ललितपुर महा नगरपालिका वडा नं. ११ वाट प्रतिनिधित्व गर्दै महिला प्रथम हुन सफल बनिन् । उनले नेपाली शीर्ष पुरुष खेलाडीहरुसंग कडा प्रतिस्पर्धा गर्दै ५.५ अंक बनाइन् । ललितपुरकी लिना महर्जनले महिलातर्फ दोस्रो भइन् ।

टंगाल टोल सुधार समितिले आयोजना गरेको प्रतियोगितामा पूर्व नेपाल च्याम्पियन एफएम रूपेश जैसवाल दोस्रो स्थान प्राप्त गरे। ललितपुरका युवा खेलाडी सुरोज महर्जन तेस्रो, गणेशमान दुवाल चौथो भए।

ललितपुर महानगरपालिका बुद्धिचाल संघको सहयोग रहेको ब्लिज चेस खेलमा एफएम क्षितिज भण्डारी पाँचौ , सर्लाहीका गोविन्द पौडेल छैटौं , काठमाडौ मखनका प्रेमकृष्ण सातौं, ललितपुरका कमल श्रेष्ठ आठौं, काठमाडौका महेश्वर लाल डंगोल नवौं र काठमाडौका राजेन्द्र बज्राचार्य दसौं भए।

एकदिने बुद्धिचाल प्रतियोगितामा टोल विजेता प्रकाश राजकर्णीकार, प्रतीक रञ्जितकार दोस्रो र अर्जुन रञ्जितकार तेस्रो भए। अनरेटेड तर्फ द्रिका लामा पहिलो र राम कृष्ण भण्डारी दोस्रो भए। 

यसैगरी ५५ वर्ष भेट्रानमा कृष्णमान महर्जनले विजयी र पूर्व नेपाल च्याम्पियन सिएम नवीन तण्डुकार दोस्रो भए। सौभाग्य महर्जन ललितपुर स्थानीय च्याम्पियन बने ।

युवा १८ मा सम्यक श्रेष्ठ , युवा १६ मा आर्यन अग्रवाल, युवा १४ मा अंकुर पोखरेल, अन्डर १८०० रेटिङ्गमा संगम श्रेष्ठ र अन्डर १६०० मा निर्जन मानान्धर विजयी भए।

समितिका अध्यक्ष शारदा चित्रकारको सभापतित्वमा भएको समापनमा नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले विजेतालाई पुरस्कृत गरे ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.