default_image

1 year ago

June 26, 2024

राष्ट्रिय हक्कीमा सेमिफाइनल समीकरण पूरा

1052 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- पोखरामा जारी पाँचौं गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय पुरुष हक्की प्रतियोगतामा मंगलबार सेमिफाइनल समीकरण पूरा भएको छ ।

समूह ‘ए’ बाट त्रिभुवन आर्मी क्लब विजेता र कर्णाली प्रदेश उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरे ।

समूह ‘बी’ बाट नेपाल पुलिस क्लब विजेता र गण्डकी प्रदेश उपविजेताको रुपमा सेमिफाइनल यात्रा तय गरे । सेमिफाइनलमा आर्मीले गण्डकी र पुलिसले कर्णालीको सामना गर्ने छ ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा मंगलबार लिग चरणका ६ खेल सम्पन्न भए । आर्मीले मधेश प्रदेशलाई ६-० गोलले पराजित गर्यो । दोहोरो जित निकाल्ने क्रममा पुलिसले कोशी प्रदेशलाई ४-१ र लुम्बिनी प्रदेशलाई ८-१ गोलले हरायो ।

नेपाल हक्की संघको आयोजनामा भइरहेको प्रतियोगितामा कर्णालीले पनि दोहोरो जित निकालेको थियो। कर्णालीले बागमती र मधेशलाई समान २-० ले हराएको थियो ।

घरेलु टोली गण्डकीले लुम्बिनी प्रदेशमाथि १०-० को फराकिलो जित दर्ता गरेको थियो। प्रतियोगिताको अन्तिम दिन बुधबार सेमिफाइनल र फाइनल हुने आयोजक हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले जनाएकी छन् ।

प्रतियोगिताको विजेताले ५० हजार, दोस्रो ३५ हजार र तेस्रो टोलीले १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.