1 year ago
June 26, 2024
धनगढी (हाम्रो खेलकुद) – क्रिकेटर दिपेन्द्रसिंह ऐरी र कबड्डीकी जयन्ती बडू एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८० मा सर्वोकृष्ट खेलाडी घोषित भएका छन् ।
खेलकुद पत्रकार मञ्च कैलालीका आयोजना, सुदूरपश्चिमाञ्चल एकेडेमीको प्रायोजन र सुदूरपश्चिम प्रदेश खेलकुद परिषदको मुख्य प्रबद्र्धनमा भएको स्पोर्टस अवार्डको वर्ष खेलाडी पुरुषतर्फ क्रिकेटर दीपेन्द्र र कबड्डीकी जयन्ती सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् ।
दीपेन्द्रसँगै भलिबलका टेकराज अवस्थी र भारात्तोलनका सागर भण्डारी वर्ष पुरुष खेलाडीको मनोनयनमा थिए । जयन्तीका साथ वर्ष खेलाडी महिलाको मनोनयनमा क्रिकेटकी कविता जोशी र भलिबलकी निरुता ठगुन्ना थिइन् । उत्कृष्ट खेलाडी पुरुष र महिलाले ट्रफी र समान ३५ हजार प्राप्त गरे ।
कबड्डीका बिष्णुदत्त भट्ट वर्ष प्रशिक्षक भएका छन् । वर्ष प्रशिक्षक विधामा भारात्तोलनका जीवन गौतम र एथलेटिक्सका रामचन्द्र जोशी मनोनयनमा थिए । उत्कृष्ट प्रशिक्षकले ३० हजार रुपैयाँ प्राप्त गरे ।

भारोत्तोलनका हेमन्त पाल वर्ष युवा खेलाडी भए । यो विधामा फुटबलका कुशल देउवा र क्रिकेटका आकाश चन्द मनोनयनमा परे । यो विधाका विजेताले २५ हजार रुपैयाँ प्राप्त गरे ।
सुदूरपश्चिम आइकन पुरुष विधामा क्रिकेटका नरेन भट्ट विजेता भएका छन् । यो विधामा एथलेटिक्सका आशिष महर र शारिरीक सुगठनका रञ्जित लामा मनोनयनमा थिए ।
सुदूरपश्चिम आइकन महिला विधामा एथलेटिक्सकी देवकी धामी विजेता भएकी छिन् । यो विधामा क्रिकेटकी मनिषा बोहोरा र फुटबलकी विर्सना चौधरी मनोनयनमा थिइन् । सुदूरपश्चिम आइकन पुरुष र महिला विधाका विजेताले समान २० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
लाइफटाइम अचिभमेन्ट अवार्ड तेक्वान्दो प्रशिक्षक गोविन्द बिष्टले पाएका छन् । उनले २५ हजार रुपैयाँ प्राप्त गरे । स्पेशल अवार्ड पौडीका अथर्व सिंह र करातेका प्रदीप वैजाली मगरले संयुक्त रुपमा पाए । उनीहरुले जनही साढे १२ हजार रुपैयाँ प्राप्त गरे ।
विजेता र मनोनितलाई सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकासमन्त्री ओमविक्रम भाट, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकवहादुर सिंह र सुदूरपश्चिमाञ्चल एकेडेमीका प्रबन्ध निर्देशक सुवाश शाही लगायतले पुरस्कृत गरे ।
पाँचौ संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ मार्फत वर्ष २०८० मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिएको हो ।
अवार्डको मुख्य प्रायोजकमा धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमी रहेको थियो । प्रायोजकमा नवजीवन को–अपरेटिभ्स लिमिटेड, ठाकुर एग्रो ईन्डष्ट्रिज, गरिमा पोलिक्लिनिक एण्ड गरिमा डेण्टल, न्यु सिटी पोलिक्लिनिक र सिराज ईन्टरनेशनल रहेका थिए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]