1 year ago
June 28, 2024
काठमाडौ (हाम्रो खेलकुद)- कोरिया सरकारको निमन्त्रणामा युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ औपचारिक भ्रमणका लागि आज कोरिया प्रस्थान गरेका छन्।
एक साताको कोरिया भ्रमणमा मन्त्री श्रेष्ठ इमिनेन्ट दक्षिण एसियाली डिगनिटरिज र नेपाल दुतावासद्वारा आयोजित लगानी समिटमा सहित विभिन्न कार्यक्रममा सहभागी हुनेछन्।
लगानी सम्मेलनमा पीपीपी मोडलमा खेलकुदको भौतिक पुर्वाधार, खेलकुद प्रविधि, टुरिजम र हाइड्रो प्रोजेक्टको विषयमा केन्द्रित हुने मन्त्री श्रेष्ठले बताए।
कोरियन स्पोर्ट्स एण्ड ओलम्पिक कमिटीका अध्यक्ष लि-की हुङ र वल्ड तेक्वान्दो फेडरेसनका अध्यक्ष डाक्टर चुङवोङ चावोसँग पनि भेटवार्ताको कार्यक्रम रहेको छ।
कोरियन स्पोर्ट्स एण्ड ओलम्पिक कमिटीसँगको भेटमा आगामी एसियन गेम्सको लागि प्रशिक्षण र प्राविधिक सहयोगको विषयमा चर्चा हुनेछ।
वल्ड तेक्वान्दो फेडरेसनका अध्यक्षसँग शैलुङको हाई अल्टिच्युट ट्रेनिङ सेन्टर निर्माण पश्चात मान्यताको विषयलाई प्रमुख एजेन्डाको रूपमा राखिएको जनाइएको छ।

त्यस्तै कोरियन नेशनल स्पोर्ट्स युनिभर्सिटी भ्रमण र कोरियन एन्टी डोपिङ एजेन्सी काडासँग पनि भेटवार्ताको कार्यक्रम रहेको छ।
मन्त्री श्रेष्ठले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर भ्रमणको बारेमा जानकारी गराएका थिए। मन्त्री श्रेष्ठका साथ प्रमुख स्वकीय सचिव प्रदीप ज्ञवाली कोरिया प्रस्थान गरेका हुन्। भमन्त्री श्रेष्ठ असार २२ गते नेपाल फर्किने बताइएको छ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]