1 year ago
July 17, 2024
सुमन अधिकारी,बुटवल
‘साइकल चलाऔ, स्वस्थ्य र पर्यावरण जोगाऔ’ भन्ने मुल नारासहित बुटवल साइकल ग्रुपको आयोजनामा बुटवलमा बुटवल कोरा –२०२४ हुने भएको छ ।
बुटवल युनाईटेड साइक्लिङ क्लब, साईकल सिटी बुटवल, ह्याप्पी साईक्लिङ क्लब, तिनाउ साईक्लिङ क्लबको सहकार्य साउन ५ गते आयोजना हुन लागेको ‘बुटवल कोरा २०२४, माई कोरा च्यालेन्ज’ कार्यक्रममा २ सयभन्दा बढी साइकल यात्रीहरुको सहभागिता रहने जनाइएको छ ।
बुटवलमा बुधबार पत्रकार सम्मेलन गरि कार्यक्रमको तयारी पूरा भएको बुटवल साईक्लिङ क्लबका अध्यक्ष शिव चौधरीले बताएका छन् ।
कोराका क्रममा साइक्लिङ खेलकुदको विकासको सन्देशसहित रुपन्देहीका ३ पालिकाहरुका महत्वपूर्ण धार्मिक पर्यटकिय स्थल परिक्रमा गर्ने कार्यक्रम रहेको लुम्बिनी प्रदेश साइक्लिङ संघका अध्यक्ष स्वस्तिक श्रेष्ठले बताएका छन् । कार्यक्रममा विभिन्न साइकल इभेन्ट समेत आयोजना हुने उनले बताए ।
संघका अध्यक्ष श्रेष्ठले जुलाई २० तारिकका दिन विश्वभर नै यो महत्वपूर्ण साईकल र्याली पर्वको रुपमा मनाइदै आएको भन्दै साईकल साहसिक खेलका रुपमा रहेकाले युवा खेलाडी उत्पादनमा जोड दिएका बताएका छन् ।
साइक्लिङ मणिमुकुन्द कलेजबाट सुरु भएर श्रृगेश्वरधाम, मणिग्राम, गोलपार्क, ट्राफिक चोक, कालिकापथ हुँदै पुनः मणिमुकुन्द कलेज परिसर पुगेर टुंगिने बताइएको छ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]