1 year ago
July 19, 2024
काठमाडौं (हाम्रो खेलकुद)–राष्ट्रपति रामचन्द्र पौडेलले ३३ औं गृष्मकालीन पेरिस ओलम्पिकमा भाग लिने नेपाली खेलाडीसहितको टोलीलाई बिदाइ गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित एक कार्यक्रमका राष्ट्रपति पौडेलले नेपाली टोलीका सेभ द मिसन रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङलाई राष्ट्रिय झण्डा हस्तान्तरण गरेका थिए ।
बिदाइका क्रममा राष्ट्रपति पौडेलले खेलकुद राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने सबैभन्दा उपयुक्त माध्यम भएको जनाउँदै हार र जित खेलको पाटो भएको बताए । पेरिस ओलम्पिकमा सहभागी खेलाडीले देशको प्रतिष्ठा उँचो बनाउने विश्वास व्यक्त व्यक्त गर्दै दृढ सङ्कल्प र अठोटका साथ सहभागी हुन खेलाडी सुझाव दिए ।

राष्ट्रपति पौडेलले भने, ‘आफ्नो नाभिदेखि बल लगाएर प्रतियोगितामा सहभागी हुनुहोस्, सफलता आफै आउँछ । हामी सबै नेपाली तपाईँहरूको साथमा छौ ।’ उनले ओलम्पिकमा नेपालको नयाँ रेकर्ड कायम गरेर फर्कनुहुनेमा आफू आशावादी रहेको बताए ।
कार्यक्रममा ओलम्पिकमा भाग लिने ७ मध्य खेलाडी, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायत टोलीका अन्य सदस्यको उपस्थिति थियो । साउन ११ देखि २७ गते सम्म हुने ओलम्पिककमा भाग लिन नेपाली सोमबार त्यसतर्फ जाने बताइएको छ ।
यसपटक पेरिस ओलम्पिकमा नेपाली खेलाडी टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुष्मिता नेपाल, पौडीकी डुवाना डुवाना लामा र एलेक्सजेन्डर शाह, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्यामिन्टनका प्रिन्स दाहाल र जुडोकी मनिता श्रेष्ठ प्रधानले प्रतिस्पर्धा गर्नेछन् । स्यान्टु छनोट चरण पार गरेर ओलम्पिकमा भाग लिदैछन् ।
छनोट भएर ओलम्पिक खेल्ने स्यान्टु तेस्रो नेपाली खेलाडी हुन्। यसअघि तेक्वान्दोकी संगिना वैद्यले सन् २००४ को एथेन्स ओलम्पिक र तेक्वान्दोकै दिपक विष्टले २००८ को बेजिङ ओलम्पिकमा छनोट पार गरेर भाग लिएका थिए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]