default_image

1 year ago

July 19, 2024

त्रियोग अन्तरस्कुल बुद्धिचाल सम्पन्न 

436 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- इन्टरनेसल चेस दिवसको उपलक्ष्यमा भएको चौथो त्रियोग अन्तर स्कुल बुद्धिचाल प्रतियोगिताको‌ कक्षा ६-७ र कक्षा ८-१० समूहको आयोजक त्रियोग स्कुल विजयी भएको छ।

मार्भेलस स्कुल कक्षा ४-५ को समूह तथा युरो स्कुल हात्तिगौंडा कक्षा १-३ समूहको विजेता बनेको छ।
अन्तर विद्यालय प्रतियोगितामा  कक्षा  १-३ छात्रा समूहमा इम्पेरियल वर्ल्डकी अग्रता आचार्य पहिलो , यूरो हात्तिगौंडाकी रुस्बेरी चौलागाई दोस्रो र पेभिलियनकी अधिरा पौडेल तेस्रो भएकी छन्।

सोही समूहको छात्रतर्फ ल्याबोरेटरीका अंकुर पोखरेल पहिलो, त्रियोगका प्रसुन मल्ल दोस्रो र काठमाडौं गुरुकुलका सुनभ ओझा तेस्रो भएका छन्। 

कक्षा ४-५ छात्रा समूहमा नितिन मेमोरियलकी नन्दा श्रेष्ठ पहिलो, युरो हात्तिगौंडाकी कृसा श्रेष्ठ दोस्रो र मार्भेलसकी सोनालिका सराफ तेस्रो भइन् । सोही समूहको छात्रतर्फ माछापुच्छ्रे आइबीका साहास श्रेष्ठ प्रथम, पुस्पसदनका हार्दिक पन्त दोस्रो तथा पेभिलियनका लक्ष मोरे तेस्रो भए । 

कक्षा ६-७ छात्रा समूहमा मार्भेलसकी निहाना श्रेष्ठ प्रथम, त्रियोगकी परिधी खत्री द्वितीय तथा मार्भेलसकी कृष्ती रिजाल तृतीय भइन् । सोही समूहको छात्रतर्फ पाठशालाका ओस्कार पन्थी प्रथम, त्रियोगका आभास रिमाल द्वितीय तथा त्रियोगकै सम्पन्न बज्रचार्य तृतीय भए । 

कक्षा ८-१० छात्रा समूहमा त्रियोगकी रिया श्रेष्ठ प्रथम, त्रियोगकै कृपा बेलबासे द्वितीय तथा डि.ए.भीकी प्रज्ञा पन्त तृतीय भइन् । सोही समूहको छात्र तर्फ मनकामनाका प्रतिक सुवेदी प्रथम मोडर्न इन्डीयनका आशीष गुप्ता द्वितीय तथा क्रियटिभका सफल महर्जन तृतीय भए ।  

दुई दिने प्रतियोगितामा काठमाडौं उपत्यकाका ५० भन्दा बढि विद्यालयका ३ सय ५० भन्दा बढि खेलाडीको सहभागिता थियो । विजेता खेलाडीलाई पुरस्कृत गरियो।

समापनमा नेपाल बुद्धिचाल संघका अध्यक्ष हेराकाजी महर्जन, बरिष्ठ उपाध्यक्ष दिपेन राई, पुर्व अध्यक्ष विदुर गौतम तथा प्रथम महिला नेशनल च्याम्पियन मोनालिसा खुम्बुको उपस्थिति थियो । 

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.