1 year ago
July 20, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाहीले रसियन टोलीसँगको मैत्रीपूर्ण खेलले काभा नेसन्स लिगका लागि राम्रो तयारी हुनसक्ने बताएकी छिन्।
रसियन टोलीसँगको पहिलो मैत्रीपूर्ण खेलको अघिल्लो दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अरुणाले भनिन्,’ आफू भन्दा बलियो र स्तरिय टोलीसँग खेल्दा धेरै सिक्ने मौका मिल्छ। लाभा अघिको मैत्रीपूर्ण खेल हाम्रो लागि महत्वपूर्ण हुनेछ। ‘
नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले महिला टोली दक्षिण एसियाको च्याम्पियन बन्न चाहिरहेको उल्लेख गर्दै भने, ‘भारतविरुद्ध १३ सागको फाइनलमा जितको नजिक पुगेर हारेका थियौं। पटक पटक हारेपनि हामी भारतमाथि जित निकाल्न सक्छौं । त्यसको लागि यो राम्रो तयारी हुनसक्छ।’

साउन १७ गतेदेखि काठमाडौंमा सुरु हुने काभा नेसन्स लिगमा नेपाल, भारत, इरान, श्रीलंका र माल्दिभ्सले सहभागिता जनाउँदै छन्।
विश्व भलिबलमै बलियो मध्यको एक रसियन टोलीसँग काभा अघि मैत्रीपूर्ण खेल आयोजनाका लागि नेपाली टोलीका प्रशिक्षक जगदिश भट्टले भलिबल संघलाई धन्यवाद दिए।
रसियन टोलीका प्रशिक्षक युरि मारिचेभले नेपालको भलिबलका बारेमा जानकारी नभएपनि खेललाई सहज रुपमा नलिने बताइएका छन् ।
नेपाल र रसियाबीच त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आइतबार र सोमबार खेल हुनेछ। नेपालस्थित रसियाको दूतावासको विशेष सहयोगमा मैत्रीपूर्ण खेल आयोजना हुन लागेको बताइएको छ ।

नेपालले मैत्रीपूर्ण खेल र प्रतियोगिताका लागि १४ सदस्यीय टोली घोषणा गरिसकेको छ । दुई नयाँ खेलाडी समेट्दै टोली घोषणा भएको हो । भट्टको सहायक प्रशिक्षकमा भरत यादव र रुपेश विष्टले साथ दिएका छन् ।
मैत्रीपूर्ण खेलको हाम्रो खेलकुद र कान्तिपुर म्याक्सले प्रत्यक्ष प्रसारण गर्नेछन्।
नेपाली टोली
अरुणा शाही (कप्तान) , सरस्वती चौधरी, सलिना श्रेष्ठ, सफिया पुन, निरुता ठगुन्ना, संगम महतो, पुनम चन्द, कामना विष्ट, उषा भण्डारी, शान्तिकला तामाङ, कविता भट्ट, प्रगति नाथ, सुमित्रा रेग्मी र आरती सुवेदी ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]