9 months ago
July 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला र पुरुष टोलीले भुटानमा हुने काभा बिच भलिबल च्याम्पियनसिपमा भाग लिने भएका छन्।
च्याम्पियनसिप भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ नेसनल स्टेडियममा साउन १७ गतेदेखि १९ गतेसम्म हुँदैछ ।
च्याम्पियनसिपमा नेपालको महिला जोडीमा कमला पुन र मनीषा चौधरी तथा पुरुष जोडीमा मानबहादुर श्रेष्ठ र दिलबहादुर सुुनारको जोडीले चुनौती प्रस्तुत गर्ने छन् । दुबै टोलीलाई रूपेश बिष्टले प्रशिक्षण दिनेछन् ।
नेपाली टोलीलाई राष्ट्रिय खेलकुुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला ‘ज्वाला’, राखेपका निमित्त सदस्यसचिव अन्जन धमला र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतले बिदाइ गरेका थिए ।
थिम्पुमा हुने बिच भलिबलमा पुरुषमा १० टोली र महिलामा ७ टोलीले प्रतिस्पर्धा गर्ने भलिबल संघले जनाएको छ ।
महिलामा नेपालसहित माल्दिभ्स, आयोजक भुटान र उब्जेकिस्तानका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । नेपाल बाहेक सबै राष्ट्रबाट दुई टोलीले खेल्नेछन् ।
पुरुषमा नेपाल, माल्दिभ्स, उब्जेकिस्तान, तुर्केमिनिस्तान र भुटानले प्रतिस्पर्धा गर्दैछन् । च्याम्पियनसिपमा खेल्ने नेपाली टोली सोमबार नै भुटान प्रस्थान गरेको छप ।
नेपाली महिला टोलीले १५ दिन र पुरुष टोलीले एक हप्ता मात्र प्रशिक्षण गरेका छन् ।
नेपालले दुई वर्ष अगाडि मात्र बंगलादेशको कक्स बजारमा भएको एभिसी सेन्ट्रल जोन बिच भलिबलमा नेपालका पुरुष र महिला टोली दुवैले रजत पदक जितेका थिए ।
April 18, 2025
सुशील पन्त क्षेत्री, चितवन चितवनमा प्रथम राईनो मुवाथाई च्याम्पियनसिप हुने भएको छ । राईनो मुवाथाई जिम फिटनेश सेन्टरको आयोजनामा शनिवार प्रतियोगिता हुन लागेको हो । राईनो मुवाथाईमा हुने प्रतियोगिता बिहान १० बजे सुरु हुने प्रतियोगिता संयोजक बिगेन दराईले जानकारी दिए । प्रतियोगितामा देशभरबाट १५ टोली सहभागी हुने दराईले बताए । उनीहरुले विभिन्न २० विधामा प्रतिस्पर्धा […]
April 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बन्दी सहायता नियोग (पाम) ले नेकोस सातौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिताको उपाधि शुक्रवार जितेको छ । २२ स्पर्धा समावेश सातौं संस्करणमा पाम सर्वाधिक ११ स्वर्ण, ४ रजत र ४ कांस्य पदक जित्दै च्याम्पियन बन्यो हो । पहिलो दिन ७ स्वर्ण जितेको पामले दोश्रो दिन ४ स्वर्ण थप्यो । नेपाल खेलकुद महासंघ (नेकोस) […]
April 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालीहरुको मिनी ओलम्पिकको रूपमा चिनिने ओसियानिया नेपाली स्पोर्ट्स मिट (ओएनएसएम) २०२५ अस्ट्रेलियाको पश्चिम अस्ट्रेलिया राज्यको पर्थमा आजबाट सुरु भएको छ । छैटौं ओसियानिया नेपाली स्पोर्ट्स मिट पर्थमा ३ दिन (शुक्रबार, शनिबार र आइतबार) सम्म पर्थ मेट्रो एरियामा हुनेछ । यस खेल कुम्भमेलाका कारण अस्ट्रेलियाको पर्थ नेपालीमय भइसकेको छ । खेल महोत्सवमा […]