default_image

1 year ago

August 1, 2024

काभा नेसन्स लिग – दाबेदार भारतले इरानलाई हरायो

2235 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- दाबेदार भारतले काभा महिला भलिबल नेसन्स लिगमा पहिलो जित हात पारेको छ।

इरानलाई तीन एकले हराउँदै भारतले विजयी सुरूवात गरेको हो। भारतले २५-२०, २५-१८, १९-२५ र २५-११ ले खेल आफ्नो पक्षमा पारेको हो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको‌ कभर्ड हलमा आज भएको दोस्रो खेलमा भारतलाई इरानले चुनौती दिए पनि अप्रत्याशित नतिजा निकाल्न सकेन।

पहिलो सेट प्रतिस्पर्धामक बन्यो। जहाँ भारतले २५-२० ले पहिलो सेट जित्दै एक शुन्यको अग्रता बनायो। दोस्रो सेटमा भने भारतले सहजै २५-१८ ले जित्यो।

दुई शुन्यले पछि परेको युवा टोली इरानले भारतलाई दबाबमा राख्न सफल रहयो। २५-१९ ले इरानले तेस्रो सेट जित्दै खेललाई दुई एकमा पुर्याउँदै खेलमा फर्कने संकेत देखायो।

तर यो लयलाई इरानले चौथो सेटमा निरन्तरता दिन सकेन। यो सेटमा भारत हाबी रहयो र चौथो सेट २५-११ ले जित्दै तीन एकले खेल आफ्नो पक्षमा पार्यो।

प्रतियोगिताको उद्घाटनमा नेपालले श्रीलंकालाई ३-० को‌ सोझो सेटमा हराएको थियो।

प्रतियोगितामा नेपाल सहित भारत, श्रीलंका, माल्दिभ्स र इरानको सहभागीता रहेको छ। प्रतियोगिता अन्तर्गत भोलि दुई खेल हुनेछन्।

पहिलो खेलमा इरान र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो खेलमा माल्दिभ्सले भारतको सामना गर्नेछ। अब नेपालले दोस्रो खेल भारतसँग शनिबार खेल्नेछ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.