default_image

1 year ago

August 2, 2024

दाबेदार भारतको लगातार दोस्रो जित

1889 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार भारतले काभा महिला भलिबल नेसन्स लिगमा लगातार दोस्रो जित हात पारेको छ।

माल्दिभ्सलाई ३-० को अत्यन्त सहज नतिजामा हराउँदै भारत अंक तालिकाको शीर्षस्थानमा रहेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको दोस्रो खेलमा निरीह माल्दिभ्सलाई भारतले कुनै मौका नै दिएन।

कमजोर माल्दिभ्स विरूद्ध भारतले पहिलो सेट २५-६ ले जित्यो। दोस्रो सेट पनि सहजै २५-११ ले जित्दा भारत दुई शुन्यको अग्रता बनाउन सफल रहयो। तेस्रो सेटमा पनि भारत हाबी रहयो। २५-१० ले तेस्रो सेट जित्दा सहजै खेल आफ्नो पक्षमा पार्यो।

भारतले हिजो पहिलो खेलमा इरानलाई तीन एकको सेटमा माथ दिएको थियो। दुई खेल पश्चात भारतले ६ अंक बनाएको छ र अंक तालिकाको शीर्षस्थानमा रहेको छ। एक खेल खेलेको नेपालसँगै ३ अंक रहेको छ। माल्दिभ्सको भने यो पहिलो खेल हो।

प्रतियोगिता अन्तर्गत भोलि प्रतिक्षित नेपाल र भारतबीचको खेल हुनेछ। दोस्रो खेलमा इरान र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ।

च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स र इरानगरी कुल पाँच राष्ट्रको सहभागीता रहेको छ । शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.