default_image

9 years ago

February 7, 2017

अल्ट्रा धाविका मिरा आज अमेरिका प्रस्थान

155 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अल्ट्रा धाविका मिरा राई झन्डै दुई साताका लागि आज मंगलबार अमेरिका प्रस्थान गरेकी छिन  नेसनल ज्योग्राभी च्यानलको एड्भेन्चररमा अफ दी एयर पिपल्स च्वाइस अवार्ड २०१७ की विजेता रहेकी मिरा अमेरिकाको आउट साइड म्यागेजिनको अन्तवार्ता र फोटो सुटका लागि त्यसतर्फ लागेकी हुन् । ट्रेल रन नेपालका प्रमुख रिचार्ड बुलले त्रिभुवन विमानस्थलमा विदाई गरे । त्यसअघि बालाजु एकेडेमीले मिरालाई विदाई गरेको थियो । मिरा साउथर्न चाईना एअरलाइन्सबाट जादै छिन।

mira-rai

च्यानलले केही महिना अघि विश्वका दस जनालाई मनोनयनमा राखेको अवार्डका लागि अनलाइन भोटिङका आधारमा मिरा विजयी भएकी थिइन् । अवार्ड जितेपछि आउटसाइडले अन्तवार्ताको लागि बोलाएको जानकारी दिदै मिराले भनिन्‘ अवार्डले मेरो मात्र होइन देशकै इज्जत बढेको महसुस गरेको छु । विश्वमै चर्चित म्यागेजिनले बोलाउँदा एउटा खेलाडीका नाताले जति खुसी लागेको छ, त्यो भन्दा बढी देशको समेत प्रतिनिधित्व गर्ने भएकाले त्यसमा गर्व महसुस भइरहेको छ । ’

mira-rai-farewell-dojo

सन् १९७७ बाट प्रकाशित आउटसाइडले आउटडोर खेलकुद, स्वास्थ्य, सहासिक खेललगायतलाई समेट्ने गरेको छ । आउटसाइडकै खर्चमा उनी अमेरिकाको क्यालिफोर्निया जान लागेकी हुन् । अल्ट्रा रेस सुरु गरेको छोटो समयमा सफलताका कारण चर्चा कमाएकी मिराले गतबर्ष घुँडाको शल्यक्रिया भएयता कुनै रेसमा भाग लिएकी छैनन् । अहिले उनले फिजियो सुरु गरेको जनाउँदै अब चार पाँच महिनापछि सक्रिय रेसमा फर्कने बताइन् ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.