12 months ago
August 3, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्का उपसचिव तथा पूर्व फुटबल रेफ्री ओमनाथ न्यौपानेको निधन भएको छ।
सिन्धुपाल्चोक ठोकरपाका कौशलटार बस्दै आएका ५४ वर्षका न्यौपानेको शुक्रबार राति ११:३० बजे हृदयघातबाट मृत्यु भएको उनका आफन्त उत्तम भण्डारीले जानकारी दिए ।
न्यौपानेको श्रीमती, एक छोरा र एक छोरी छन्। उनको शनिवार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
July 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चीनको युनान प्रादेशिक खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई खेल सामाग्री तथा स्वास्थ्य परिक्षण उपकरण सहयोग स्वरुप मंगलवार हस्तान्तरण गरेको छ । नेपालस्थित चिनियाँ दूतावासका डेपुटी चिफ दि मिसन वाङ झिनले राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रमबीच सामाग्री हस्तान्तरण गरे । करिब ८५ लाख रुपैयाँ बराबरको विभिन्न […]
July 12, 2025
ललितपुर (हाम्रो खेलकुद)- फिडे मास्टर क्षितिज भण्डारीले महालक्ष्मी चेस एकेडेमीकाे आयोजनामा जेजे एस क्याफे दोस्रो ब्लिज रेटिङ चेस प्रतियोगिताको उपाधि जितेका छन्। स्विस लिग प्रणाली अनुसार नवौं चरणको एकदिने द्रुतगतिको खेलमा क्षितिजले ८ खेलमा जित र एक खेलमा बराबरी खेली साढे ८ अंकसहित ट्रफि जितेका हुन्। अन्तिम खेलमा ललितपुरका सानुराजा बज्राचार्यलाई पराजित गरेका क्षितिजले ८ […]
July 12, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालमा रातमा आयोजना हुने एक मात्र १० किलोमिटर दूरीको ‘नेपालगन्ज नाइट रन’ अब विश्व दौड मञ्चमा पहुँच बनाउँदै एसोसिएसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) मा औपचारिक रूपमा आबद्ध भएको छ। संविधान दिवसको अवसर पारेर हरेक वर्ष असोज ३ गते राति सुर्खेत रोडमा आयोजना हुने यो प्रतियोगिता गत वर्षदेखि सुरु गरिएको […]