1 year ago
August 4, 2024
काठमाडौं (हाम्रो खेलकुद)- श्रीलंकाले काठमाडौंमा जारी काभा महिला नेसन्स लिग भलिबल च्याम्पियनसिपमा पहिलो जित निकालेको छ।
चौथो खेलमा पहिलो जित हासिल गर्ने क्रममा आइतवार माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् कभर्ड हलमा भएको खेलमा श्रीलंकाले माल्दिभ्सलाई २५-२२,२५-१२,२५-१२ लाई हराएको छ। तेस्रो हारसँगै माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ।

लिगको आफ्नो खेलमा नेपाललाई हराएपनि माल्दिभ्स सेमिफाइनल पुग्ने छैन ।
श्रीलंकासहित भारत, नेपाल र इरान सेमिफाइनल पुगेका छन्। शीर्षस्थानको भारतको ७, इरान र नेपाल समान ५ र श्रीलंकाको ४ अंक छ। माल्दिभ्स अंक विहिन छ । लिगको शीर्ष र चौथो टोली तथा दोस्रो र तेस्रो टोलीबीच सेमिफाइनल हुनेछ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]