default_image

1 year ago

August 5, 2024

महिला भलिबल – भारतविरुद्ध २५ वर्षमा त्यो पहिलो जित

879 views

0 Bookmark

दिल तामाङ

नेपाली महिला भलिबलको अन्तर्राष्ट्रिय यात्रा ४ दशक पूरा भइसकेको छ । २०३७ सालबाट नेपाली महिला भलिबल टोलीले अन्तर्राष्ट्रिय भलिबल खेल्न सुरु गरेको थियो।

थुप्रै आरोह र अवरोहबीच सीमित स्रोत र साधनको बावजुत नेपाली महिला भलिबल टोली केही वर्षयता उत्कृष्ट नतिजा दिइरहेको छ । भनौं नेपाली भलिबल टोली गर्विलो इतिहास बनाउँदै अघि बढिरहेको छ ।

नेपाली महिला भलिबलले शनिबार दक्षिण एसियाली जाइन्ट भारतलाई हराएर अर्को एउटा खुसी थपिदिएको छ । आफ्नै कभर्डहल नभएपनि सबै खेलले प्रयोग गर्दै आइरहेको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा नेपालले भारतमाथि पहिलो र ऐतिहासिक जित दर्ता गर्दै सारा नेपालीलाई खुसी तुल्याइदियो ।

भारत भनेपछि झस्कने नेपालले शनिबार भने खेलमा सुरुवातबाटै पकड बनाएको थियो । नतिजा त्यही अनुसार निकाल्दै नेपालले भारतलाई पहिलोपटक स्तब्ध पार्न सफल भयो ।

जुन भारतमाथिको पहिलो र ऐतिहासिक जित बन्यो । सन् १९९९ मा नेपालमै भएको आठौं दक्षिण एसियाली खेलकुद (साग) बाट नेपालले भारतसँग प्रतिस्पर्धा थालेको थियो ।

यो २५ वर्षको अवधिमा नेपाल र भारतबीच ९ पल्ट प्रतिस्पर्धा हुँदा भारतलाई पराजित गर्न सकेको थिएन ।

काठमाडौंमा सन् २०१४ डिसेम्बरमा दक्षिण एसियाली आमन्त्रण वुमन्स भलिबल च्याम्पियनसिपमा नेपालले भारतसँग प्रतिस्पर्धा गरेको थियो । त्यसमा पनि नेपाल भारतसँग पराजित भएको थियो । तर, यो आधिकारिक प्रतियोगिता थिएन ।

सन् २०१९ मा नेपालमै भएको १३औं सागमा भारतविरुद्ध नेपाल जित नजिक पुगेर पनि चुकेको थियो । अग्रताका बावजुत ३–२ को सेटमा पराजित हुँदै भारतमाथि ऐतिहासिक जित र सागमा च्याम्पियन बन्ने नेपालको सपना चकनाचुर भएको थियो । यद्दपी नेपाल पहिलो पटक सागको फाइनल पुग्नु पनि साग इतिहासमा‌ ठूलो सफलता हो । त्यसअघि नेपालले आठौं, दसौं र १२ औं सागमा कास्य पदक जितेको थियो।

१३ औं साग अघि नेपाली टोलीले थाइल्यान्डमा २१ दिनको प्रशिक्षण गरेको थियो। त्यसपछि बंंगलादेशमा प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर वुमन्स भलिबल च्याम्पियनसिपमा च्याम्पियन बनेर उच्च मनोबलका साथ नेपाली टोली १३ औं सागमा होमिएको थियो । तर, नतिजा बदल्न सकेको थिएन ।

यसपालीको काभा महिला भलिबल नेसन्स लिगका लागि नेपालले लामो तयारी र रसिया जस्तो प्राविधिक र शारीरिक रुपमा बलियो प्रतिस्पर्धाीसँग खेल्ने अवसर पाएको थियो । त्यसमा खेलाडीको लगाव र प्रशिक्षकको रणनीतिले नै भारतमाथि पहिलो सनसनीपुर्ण जित निकाल्न सफल भयो ।

नयाँ कार्यकालका लागि जितेन्द्र बहादुर चन्द अध्यक्षमा निर्वाचित भएसँगै उनले आफ्नो पहिलो कार्य भलिबलको कभर्डहल बनाउने सपना रहेको बताएका थिए । तर, उनी अध्यक्ष भएको दुई वर्ष भईसक्दा उनको सपनाले सार्थकता पाएको छैन । नेपाल भलिबल संघले कभर्डहलका लागि जग्गा खोजिरहेपनि अहिलेसम्म भेट्टाउन सकेको छैन ।

अब पालो भने सरकारको आएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरेर सरकार आफ्नो जिम्मेवारी पूरा भएको महसुस गरिरहेको छ । तर, सरकारले अब भौतिक पूर्वाधारमा जोड दिनुपर्ने बेला आएको छ ।

आफ्नै हल नहुँदा भलिबल टोलीले राम्रोसँग प्रशिक्षण गर्ने वातावरण पाएको छैन । आवश्यक पूर्वाधारविना संघ र खेलाडीको आफ्नै अथक मेहनतले भलिबलले सफलता हात पारिरहेको छ । जितको नतिजामा बधाई र पुरस्कार घोषणा गर्ने सरकारले राष्ट्रिय खेलको पूर्वाधारमा पनि एकपटक ध्यान दिने कि ?

महिला भलिबलमा भारतसँग अहिलेसम्मको नतिजा
– आठौं दक्षिण एसियाली खेलकुद (साग), नेपाल – (१९९९) मा सोझो सेटमा हार
-१०औं दक्षिण एसियाली खेलकुद (साग), श्रीलंका – (२००६) मा सोझो सेटमा हार
-१२औं दक्षिण एसियाली खेलकुद (साग), भारत – (२०१६) मा सोझो सेटमा हार
-दुई मैत्रीपुर्ण खेल, नेपाल – (२०१७) दुवैमा सोझो सेटमा हार
-१३औं दक्षिण एसियाली खेलकुद (साग) – २०१९ मा समूह चरणमा ३–० को र फाइनलमा ३–२ को सेटमा हार
-एनएसी काभा महिला भलिबल च्यालेन्ज कप, नेपाल – (२०२३) मा ३–१ को सेटमा हार
-१९औं एसियाली खेलकुद, चीन – २०२३ मा ३–१ को सेटमा हार
-काभा महिला भलिबल नेसन्स लिग, नेपाल – २०२४ मा ३–२ को सेटमा जित

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.