default_image

1 year ago

August 5, 2024

दशौं राष्ट्रिय खेलकुद निर्धारित मितिमा गराउने प्रयासमा छौं – मन्त्री चौधरी

735 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आफ्नो कार्यकालमा खेलकुद क्षेत्रको विकासमा फड्को मार्ने उल्लेख गर्दै भविष्यमा राजनीतिज्ञहरूका लागि पनि यो मन्त्रालय रोजाईमा पर्ने तवरबाट काम गर्ने बताएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले सोमबार आयोजना गरेको बधाई तथा अन्तरक्रिया कार्यक्रमका अवसरमा मन्त्री चौधरीले खेलकुद क्षेत्रमा धेरै सम्भावना रहेको र आफ्नो कार्यकालमा यसको विकास गर्ने धारणा राखेका हुन् ।

साथै भविष्यमा हरेक राजनीतिज्ञको रोजाइमा युवा तथा खेलकुद मन्त्रालय पर्ने किसिमले काम गर्ने मन्त्री चौधरीले योजना सुनाए ।

त्रिपुरेश्वरस्थित मञ्चमा नै आयोजित कार्यक्रममा एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुवेदी, पूर्वअध्यक्ष एवम् एआइपिएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशी र मञ्चका महासचिव प्रज्जल ओलीले मन्त्री चौधरीलाई स्वागत तथा बधाई दिएका थिए ।

सो अवसरमा मन्त्री चौधरीले नेपाली खेलाडीको पलायन रोक्न उनीहरूलाई राम्रो रोजगारीको अवसर दिनुपर्ने औंल्याए । उनले भलिबल खेल्दा विभिन्न संस्थानको प्रतिनिधित्व गरेर खेल्ने गरे पनि अहिले त्यो अवस्था नरहेको उल्लेख गरे ।

अहिले विभागीय टोलीमा मात्र छन् र खेलाडीहरूलाई राम्रो अवसर दिने सके पलायन हुनबाट रोक्न सक्ने मन्त्री चौधरीको भनाइ छ ।

आफ्नो कार्यकालमा खेलकुद क्षेत्र विवादरहित बनाउने मुख्य लक्ष्य रहेको उल्लेख गर्दै मन्त्री चौधरीले ऐननियम अनुरूप नै आफू अगाडि बढ्ने बताए ।

खेलकुद क्षेत्रमा आफू केही योगदान गर्ने उद्देश्यले आएको मन्त्री चौधरी बताउँछन् ।त्यसैले खेलकुदको कार्यकारी निकायमा जुनसुकै व्यक्ति भए पनि ऐनअनुसार काम गरे आफ्नो सहयोग रहेन उनको लक्ष्य छ ।

उनले पूर्वमन्त्रीहरूले गरेका राम्रा काम भए त्यसलाई आफूले पनि निरन्तरता दिने बताएका छन् । नेपाली खेलकुद क्षेत्र एउटा व्यक्ति ४०/५० वर्षसम्म एउटै पद अध्यक्ष या महासचिव पदमा बसिरहेको अवस्था पनि रहेको मन्त्री चौधरीले उल्लेख गरे । अब त्यो अवस्था हटाउने प्रयासमा आफू रहेको उनले बताए ।

मन्त्री चौधरीले एउटै मानिस जहिल्यै त्यही पदमा बसिरहनुको अर्थ केही खराब काम पनि भैरहेको शंका गर्नुपर्ने पर्याप्त ठाउँ रहेको धारणा राखे । आगामी दशौं राष्ट्रिय खेलकुद निर्धारित मितिमा नै हुने गरी अहिले काम भैरहेको मन्त्री चौधरीले प्रष्ट पारेका छन् ।

खेलकुद यसपटक खेलकुद व्यवस्थित र सबै टेन्डर प्रक्रिया अपनाएर हुनेमा विश्वस्त रहन आग्रह गरेका छन् । अहिले ३६ वटा खेल राष्ट्रिय खेलकुदमा खेलाइने तयारी भैरहेको बताए ।

आयोजक प्रदेश कर्णालीसँग पनि त्यहाँको भौतिक अवस्थाबारे जानकारी लिने काम भैरहेको उहाँले बताए । राष्ट्रिय खेलकुद आयोेजनाका लागि अब झन्डै ९० दिन बाँकी रहेको र आफूले व्यवस्थित तवरबाट खेल आयोजना गर्नेगरी योजना बनाउन आफू मातहतका निकायलाई निर्देशन दिएको मन्त्री चौधरीले उल्लेख गरेका छन् । यस पटक पनि पूर्वाधार अभावमा कर्णाली प्रदेशमा २४ खेल मात्र खेलाइने उनले संकेत गरेका छन् ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.