1 year ago
August 6, 2024
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार भारत श्रीलंकालाई सोझो सेटमा हराउँदै काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ। जारी प्रतियोगितामा श्रीलंका भारतसँग पराजित भएको यो दोस्रो पटक हो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा मंगलवार भएको पहिलो सेमिफाइनल खेलमा श्रीलंकासँग सोमबार लिग चरणमा भोगेको हारको बदला लिने अवसर थियो।
जहाँ सुरूवाती केहि समय श्रीलंकाले भारतलाई चुनौति दियो। खेलमा ७-६ को अग्रता पनि बनायो। तर यसपछि भारतले लगातार ८ अंक जोडेपछि भारतले १४-७ को आरामदायी अग्रता बनायो। यही अग्रतामा भारतले पहिलो सेट २५-१५ ले जित्यो।
१-० ले पछि परेको श्रीलंका दोस्रो सेटमा पनि खेलमा फर्कन सकेन। श्रीलंकाले खेलाडी परिवर्तनमा पनि जोड दियो। यसले पनि बलियो भारतलाई रोक्न श्रीलंका असफल नै रहयो। दोस्रो सेट भारतले २५-१६ ले आफ्नो पक्षमा पार्यो।
२-० पछि परेपछि श्रीलंकाले तेस्रो सेटको सुरूवातमा भारतलाई चुनौति दिंदै श्रीलंकाले १२-८ को अग्रता बनाएको थियो। तर ४ अंकको यो अग्रतालाई श्रीलंकाले केहि बेरमा नै गुमायो। भारतले अन्त्यतिर सहजै अग्रतालाई बढाउँदै २५-२३ ले माथ दिदै सोझो सेटको जितमा अन्तिम दुईमा स्थान बनाउन सफल रहयो।
कप्तान तथा प्रमुख सेटर जिनी कोभात साजी बिना नै भारत आज पनि श्रीलंका विरूद्ध अब्बल देखियो। आज भारतकी सुर्याको प्रदर्शन यो सहज जितमा सबैभन्दा उत्कृष्ट रहयो। भारत समुह विजेता र श्रीलंका चौथो स्थानमा रहँदै सेमिफाइनलमा पुगेका थिए।
अब भारतले उपाधिको लागि नेपाल र इरानबीचको विजेतासँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ। आजै केहि बेरमा आयोजक नेपाल र इरानबीच दोस्रो सेमिफाइनल खेल हुनेछ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]