1 year ago
August 6, 2024
काठमाडौं (हाम्रो खेलकुद)- इरानलाई सोझो सेटमा हराउँदै मंगलवार नेपाल काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ।
नेपालले भोलि उपाधिका लागि दक्षिण एसियन जाइन्ट भारतको सामना गर्नेछ। जारी प्रतियोगितामा नेपालको यो चौथो जित हो। अब उपाधिको लागि नेपाल एक जित टाढा रहेको छ।
इरानसँग लिग चरणमा भोगेको हारको बदला लिंदै फाइनलमा पुग्ने सोचमा रहेको नेपालले सुरूवात राम्रो गर्यो। नेपाली टिमले आमविश्वासी प्रदर्शनमा पहिलो सेटमा इरानको युवा टोलीलाई २५-२१ ले हरायो।
नेपालले खेलमा १-० को अग्रता बनायो। दोस्रो सेट नाटकीय बन्यो। नेपालले एक समय बनाएको ६ अंकको अग्रता गुमाउँदा इरानले २४-२१ को अग्रता बनायो। इरान सेट प्वाइन्टको लागि मात्र एक अंकको खोजीमा थियो।तर नेपालले लगातार ३ अंक जोडेर खेललाई २४-२४ मा पुर्यायो। संगठित प्रदर्शनमा नेपालले यो सेट २८-२६ ले जित्दै खेलमा २-० को स्पष्ट अग्रता बनायो।
तेस्रो सेट सुरूवात मा प्रतिस्पर्धात्मक बन्यो। तर नेपालले इरानलाई मौका नै दिएन र २५-२० ले हराउँदै सोझो सेटको जित दर्ज गर्यो।
नेपाल लिग चरणमा दोस्रो हुँदै र इरान तेस्रो भएर सेमिफाइनलमा प्रवेश गरेका हुन।
अब भोलि नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ। नेपालले जारी प्रतियोगिताको लिगमा भारत विरूद्ध पहिलो पटक जित हात पारिसकेको छ।
फाइनल खेल भोलि साँझ ५ बजे हुनेछ। इरान र श्रीलंकाबीच तेस्रो स्थानको लागि दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]